सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
सारांश
- सिमेक्स इंकले नेपाली ग्राहकको माग पूरा गर्न नियमित तालिका अनुसार बीवाईडी विद्युतीय सवारी आयात गरेको स्पष्ट पारेको छ ।
- कम्पनीले बजेट भाषण अघि भन्सार जाँचपासको विषयलाई आफूसँग जोडेर आएका समाचारहरूलाई खण्डन गर्दै अनधिकृत लाभ नलिएको जनाएको छ ।
- सिमेक्सले सम्पूर्ण आयात तथा भन्सार प्रक्रियाहरू प्रचलित कानुन र नियामकीय व्यवस्था अनुसार नै सम्पन्न गरिएको र सत्य तथ्य स्थापित गर्न आवश्यक कागजात उपलब्ध गराउन तयार रहेको बताएको छ ।
काठमाडौँ । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता सिमेक्स इंकले भन्सार जाँचपासको सम्बन्धमा कम्पनीलाई जोडेर गरिएको प्रचारबारे प्रष्टीकरण दिएको छ ।
बिहीबार विज्ञप्ति जारी गर्दै कम्पनीले आफूले नेपाली ग्राहकको माग र विद्युतीय सवारीको बढ्दो आवश्यकता पूरा गर्न नियमित तालिका बमोजिम गाडीको आयात गरेको जनाएको हो ।
बजेट भाषण अघि भएको भन्सार जाँचपासको विषयलाई कम्पनीसँग जोडेर विभिन्न समाचारहरू बाहिर आएका थिए । तर, कम्पनीले आफूले अनधिकृत भन्सार व्यवस्थाबाट कुनै लाभ नलिएको र यससँग जोडिएर आएका विषय सही नभएको बताएको छ ।

सवारी साधन नै नआई भन्सार जाँचपास गरेको भन्ने विषय समेत सिमेन्स इंकले तथ्यसहित खण्डन गरेको छ । यश अनुसार आफूले ल्याएको सवारी साधनहरू चीनको भन्सार र नेपाली भन्सारबाट जाँचपास भएको तालिका समेत सार्वजनिक गरेको छ । यस अनुसार ६ देखि २५ मईसम्म कोरला नाकाबाट ६४९ र रसुवा नाकाबाट ४७२ वटा गाडी आयात भएको देखिएको छ ।
कोरलाबाट आयात भएकोमध्ये २२ देखि २७ मईमा चिनियाँ भन्सार जाँचपास भएकोमा २६ र २७ तारिखमा नेपाली भन्सार जाँचपास भएको जनाएको छ । त्यस्तै, रसुवा नाकाबाट आयात भएकोमध्ये ६ देखि २७ मईमा चिनियाँ भन्सार जाँचपास भएकोमा १८ र २७ तारिखमा नेपाली भन्सार जाँचपास भएको जनाएको छ ।
थप २२६ वटा गाडी चिनियाँ भन्सार कार्यालयमा आइपुगे पनि अहिलेसम्म नेपाली भन्सारमा जाँचपास हुन नसकेको कम्पनीले जनाएको छ ।
कम्पनीले प्रचलित कानुनको पालना, पारदर्शिता र नैतिक व्यावसायिक अभ्यासप्रतिको आफ्नो अटल प्रतिबद्धता रहेको बताउँदै सम्पूर्ण आयात तथा भन्सार प्रक्रियाहरू नेपालको नियामकीय व्यवस्था अनुसार नै सम्पन्न गरिएको समेत प्रस्ट पारेको छ।
कर परिवर्तनबाट बच्न सरकारी निकायसँग समन्वय गरी कुनै अनुचित लाभ लिएको भन्ने आरोपलाई पूर्णतः निराधार र असत्य ठहर गर्दै यस्ता कुराले कम्पनीको प्रतिष्ठामा आघात पुर्याएको विज्ञप्तिमा उल्लेख छ।
सिमेक्सले कुनै पनि वैधानिक अनुसन्धान वा छानबिनलाई स्वागत गर्ने जनाउँदै सत्य तथ्य स्थापित गर्न आवश्यक आयात रेकर्ड, भन्सार घोषणा, ढुवानी अभिलेख, सीमा प्रवेश र भुक्तानीका सम्पूर्ण कागजातहरू सम्बन्धित निकायलाई उपलब्ध गराउन आफूहरू पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेको छ। कम्पनीका अनुसार यी सम्पूर्ण आयात कार्यहरू बीवाईडीको उत्पादन तालिका, ढुवानी उपलब्धता र नियमित व्यावसायिक योजनाका चुनौतीहरूलाई ध्यानमा राखेर सम्पन्न गरिएका हुन् ।
सञ्चारमाध्यम तथा सरोकारवालाहरूलाई आधिकारिक अभिलेख र तथ्य पुष्टि नगरी निष्कर्षमा नपुग्न र भ्रमपूर्ण सामग्री सम्प्रेषण नगर्न आग्रह गर्दै कम्पनीले इन्धन आयात कम गरी दिगो यातायात विस्तारमा इलेक्ट्रिक मोबिलिटी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएको छ ।
विगत धेरै वर्षदेखि नेपालको क्लिन इनर्जी रूपान्तरणमा विश्वासिलो साझेदार रहेको उल्लेख गर्दै सिमेक्सले आगामी दिनमा पनि इमान्दारिता र जवाफदेहिताका साथ सेवा दिने प्रतिबद्धता जनाएको छ। सम्बन्धित निकायहरूबाट भइरहेको अध्ययनले यस विषयमा थप स्पष्टता ल्याउनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण