नेपाली आँप आउन थाल्यो बजारमा (तस्बिरहरू)
सारांश
- तराईका विभिन्न क्षेत्रमा उत्पादित नेपाली आँप काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारमा भित्रिन थालेपछि बजारमा चहलपहल बढेको छ।
- नेपाली आँपको आपूर्ति बढ्दै जाँदा भारतीय आँप क्रमशः बजारबाट विस्थापित हुन थालेको व्यापारीहरूले बताएका छन्।
- हाल बजारमा बम्बई आँप २२ केजीको क्रेटको मूल्य १ हजार ५ सयदेखि १ हजार ७ सय रुपैयाँसम्म, माल्दा आँप २२ केजीको १ हजार ४ सयदेखि १ हजार ६ सय रुपैयाँ र दसहरी आँप २१ केजीको १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
काठमाडौँ । काठमाडौँको कुलेश्वरस्थित फलफूल बजारमा तराईका विभिन्न क्षेत्रमा उत्पादित नेपाली आँप भित्रिन थालेपछि बजारमा चहलपहल बढेको छ। नेपाली आँपको आपूर्ति बढ्दै जाँदा भारतीय आँप क्रमशः बजारबाट विस्थापित हुन थालेको व्यापारीहरूले बताएका छन्।
व्यापारीहरूका अनुसार यस वर्ष नेपाली आँप समयमै बजारमा आउन थालेकाले उपभोक्ताले ताजा तथा स्थानीय उत्पादन रोज्न थालेका छन्। यसले भारतीय आँपको मागमा समेत कमी आएको उनीहरूको भनाइ छ।
_AF8iTlXXq2.jpg)
हाल बजारमा नेपाली आँपको मूल्य आकार, गुणस्तर र जातअनुसार फरक–फरक रहेको छ। कुलेश्वर फलफूल बजारका अनुसार बम्बई आँप २२ केजीको क्रेटको मूल्य १ हजार ५ सयदेखि १ हजार ७ सय रुपैयाँसम्म रहेको छ। त्यसैगरी माल्दा आँप २२ केजीको १ हजार ४ सयदेखि १ हजार ६ सय रुपैयाँमा बिक्री भइरहेको छ भने दसहरी आँप २१ केजीको १ हजार ५ सयदेखि १ हजार ६ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ।
_PyEP8QVbMC.jpg)
नेपाली आँपको उत्पादन बजारमा पर्याप्त मात्रामा आउन थालेपछि कुलेश्वर फलफूल बजार अहिले भरिभराउ देखिएको छ। व्यापारीहरूका अनुसार आगामी दिनमा थप परिमाणमा आँप भित्रिने र बजार आँपले नै भरिने बताएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी
_nMwLmxiW5t.jpg)
_zy5illMBHN.jpg)
_aAnW811uuX.jpg)
_4dzTCH1L6e.jpg)
_94ypqCvuUt.jpg)
_tChZEf59h2.jpg)
_Y3zcfYh4fY.jpg)
_KjnimrBRsv.jpg)
_R0h2YkxI9l.jpg)
_lOTNVebtgA.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण