शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
समाचार

नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा, बाइक र कार दुवै सेवा उपलब्ध

शुक्रबार, २२ जेठ २०८३, १२ : ४९
शुक्रबार, २२ जेठ २०८३

सारांश

  • विश्वप्रसिद्ध राइड–हेलिङ सेवा प्रदायक कम्पनी उबरले नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको छ।
  • नेपाल एसिया–प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ।
  • नेपालमा सुरुआती चरणमा चारपाङ्ग्रे सवारीतर्फ ‘Uber Go’ र ‘Uber Comfort’ तथा दुईपाङ्ग्रे सवारीतर्फ ‘Uber Bike’ सेवा उपलब्ध हुनेछ।

काठमाडौँ । विश्वप्रसिद्ध राइड–हेलिङ सेवा प्रदायक कम्पनी उबरले नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ।

यससँगै नेपाल एसिया–प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ।

कम्पनीका अनुसार नेपालमा सुरुआती चरणमा चारपाङ्ग्रे सवारीतर्फ ‘Uber Go’ र ‘Uber Comfort’ तथा दुईपाङ्ग्रे सवारीतर्फ ‘Uber Bike’ सेवा उपलब्ध हुनेछ। यी सेवामार्फत यात्रुले सहज, भरपर्दो र सुविधाजनक यात्राको अनुभव लिन सक्ने कम्पनीको दाबी छ।

uber (5)

उबरका एपीएसी क्षेत्रीय महाप्रबन्धक डोनिक टेलरले नेपाललाई तीव्र गतिमा डिजिटल रूपान्तरण भइरहेको, सहरी गतिशीलता विस्तार भइरहेको तथा पर्यटन क्षेत्र बढ्दो सम्भावना बोकेको बजारका रूपमा वर्णन गरेका छन्। उनले नेपालको प्रवेशलाई उबरको विश्वव्यापी विस्तार यात्राको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।

यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले उबरको आगमनले नेपालको पर्यटन क्षेत्रलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय पर्यटक तथा स्वदेशी यात्रुका लागि सहज आवागमनको व्यवस्था हुनु पर्यटन प्रवर्द्धनका लागि सकारात्मक कदम हुनेछ।

uber (1)

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले उबरको प्रवेशलाई आधुनिक, डिजिटल तथा समावेशी यातायात प्रणाली निर्माणतर्फको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरेका छन्। उनले यसले सहरी गतिशीलता सुधार, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

uber (10)

उबर हाल विश्वका ७० भन्दा बढी देशमा सञ्चालनमा रहेको छ। कम्पनीले नेपालमा स्मार्टफोनको बढ्दो प्रयोग, सहरी यातायातको बढ्दो माग तथा पर्यटन क्षेत्रको विस्तारलाई ध्यानमा राख्दै सेवा सुरु गरेको जनाएको छ।

uber (2)uber (3)uber (7)uber (8)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप