गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
काठमाडौँ । गृह मन्त्रालयले प्रहरीका एसएसपीको सरुवा सच्याएको छ । जेठ १८ मा प्रधानमन्त्री एवम् गृहमन्त्री बालेन्द्र शाहले गरेको निर्णय अनुसार प्रकाशित सरुवा सूची मन्त्रालयले सच्याएको हो ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयमा सरुवा भएका शान्तिराज कोइरालालाई त्यहाँबाट अन्यत्र काज सरुवा गरिएको छ । उपत्यका ट्राफिकमा सुरेश काफ्लेलाई ल्याउने निर्णय गरिएको छ ।
काफ्ले विशेष ब्युरोमा कार्यरत थिए । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगन्जबाट उपत्यका ट्राफिकमा सरुवा भएका कोइरालाको सरुवा करेक्सन गरेर उनलाई विशेष ब्युरोमा पठाउने निर्णय गरिएको छ ।
प्रधानमन्त्री एवं गृहमन्त्री स्तरीय निर्णयबाट ३३ जनाको सरुवा गर्दा कोइरालालाई इन्चार्जबाट इन्चार्जको जिम्मेवारी दिइएको भन्दै आलोचना भएको थियो । प्रहरी प्रधान कार्यालयको आन्तरिक मापदण्ड अनुसार प्रदेश कार्यालय वीरगन्ज ‘ख’ श्रेणीमा पर्छ । उपत्यका ट्राफिक प्रहरी कार्यालय ‘क’ श्रेणीको कार्यालय हो ।
मापदण्डमा एउटा कार्यालयको इन्चार्ज चलाएपछि अर्को इन्चार्जमा पठाउनुअघि एक वर्ष अन्यत्र काम गर्नुपर्ने व्यवस्था छ । त्यसबेला आईजीपी दानबहादुर कार्कीले सो मापदण्ड मिचेर कोइरालालाई उपत्यका ट्राफिकमा ल्याउन गृह मन्त्रालयमा सिफारिस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण