सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
सारांश
- सडक विभाग अन्तर्गतको सडक डिभिजन सुर्खेतले सुर्खेत–जुम्ला सडक खण्डको दही खोलामा पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।
- दैलेख जिल्लामा पर्ने उक्त सडकको चेनेज १३२+००० मा डिजाइन एन्ड बिल्ड विधिबाट पुल निर्माण गरिनेछ ।
- इच्छुक बोलपत्रदाताहरूले असार १२ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ र सोही दिन बोलपत्र खोलिनेछ ।
काठमाडौँ । सडक विभाग अन्तर्गतको सडक डिभिजन सुर्खेतले सुर्खेत–जुम्ला सडक खण्डमा पर्ने दही खोलामा पुल निर्माणका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ । डिभिजनले डिजाइन एन्ड बिल्ड विधिबाट सो पुल निर्माण गर्न योग्य बोलपत्रदाताहरूबाट विद्युतीय बोलपत्र आह्वान गरेको हो ।
दैलेख जिल्लामा पर्ने सुर्खेत–जुम्ला सडकको चेनेज १३२+००० मा पर्ने दही खोलामा पुल निर्माणका लागि यो ठेक्का आह्वान गरिएको डिभिजन कार्यालयले जनाएको छ ।
सडक डिभिजन सुर्खेतका अनुसार पहिलो पटक २०८३ जेठ २२ गते प्रकाशित यस सूचना बमोजिम इच्छुक बिडरहरूले आगामी २०८३ असार १२ गते(२६ जुन २०२६) मध्यान्ह १२:०० बजेभित्र विद्युतीय प्रणालीमार्फत बोलपत्र पेस गरिसक्नुपर्नेछ। प्राप्त बोलपत्रहरू सोही दिन दिउँसो १:०० बजे खोलिने कार्यतालिका रहेको छ ।
इच्छुक कम्पनीहरूले सार्वजनिक खरिद अनुगमन कार्यालयको वेबसाइट www.bolpatra.gov.np/egp मार्फत बोलपत्र सम्बन्धी थप विस्तृत विवरण हेर्न र आवेदन दर्ता गर्न सक्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण