बाराको त्रिवेणी मिल्समा लागेको आगो नियन्त्रणमा
शुक्रबार, २२ जेठ २०८३, १५ : ००
काठमाडौँ । बाराको जितपुर सिमरा उपमहानगरपालिका–९ स्थित त्रिवेणी स्पिनिङ मिल्समा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान १० बजेतिर लागेको आगलागी नियन्त्रणमा आएको बाराका एसपी नरेन्द्र कुँवरले रातोपाटीलाई बताए ।
आगलागीमा भएको भौतिक क्षतिको विवरण आउन बाँकी रहेको एसपी कुँवरले जानकारी दिए । सुरक्षाकर्मीले ११ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएका हुन् । घटनामा मानवीय क्षति भएको छैन । विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण