नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
सारांश
- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
- उनले फिन ईलेक्टो टेक एक्स्पो २०२६ जस्ता प्रदर्शनीले नेपालमा प्रविधि, ऊर्जा र औद्योगिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
- अध्यक्ष अग्रवालले नेपालको प्रतिव्यक्ति विद्युत् खपत भारत र चीनको तुलनामा कम रहेको र यसलाई बढाएर आर्थिक रूपान्तरण गर्नुपर्ने बताए ।
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले देशको औद्योगिक रूपान्तरण, ऊर्जा उपयोग र प्रविधि विकासलाई जोड दिँदै नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
नेपाल विद्युुतीय व्यवसायी महासंघद्धारा आयोजित फिन ईलेक्टो टेक एक्स्पो २०२६” को उद्घाटन समारोहलाई विशेष अतिथिका रूपमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले यस्तो अन्तर्राष्ट्रिय प्रदर्शनीले नेपालमा प्रविधि, ऊर्जा र औद्योगिक सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे ।
अध्यक्ष अग्रवालले नेपालको ऊर्जा, विद्युतीय, इलेक्ट्रोनिक्स, सूचना प्रविधि, सञ्चार तथा वैकल्पिक ऊर्जा क्षेत्रको विकासलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यसहित आयोजना गरिएको प्रदर्शनी केवल एक व्यापारिक गतिविधि मात्र नभई प्रविधि, नवप्रवर्तन, मैत्रीपूर्ण विकास र हरित अर्थतन्त्र निर्माणतर्फको महत्त्वपूर्ण अभियान भएको बताए ।
उनले उक्त प्रदर्शनीले नेपालमा विद्युतीय तथा इलेक्ट्रोनिक्स क्षेत्रका उद्यमी, व्यवसायी, उत्पादक तथा सेवा प्रदायकबिच आवश्यक सूचना, अनुभव र प्रविधिको आदान–प्रदानलाई सहज बनाउने विश्वास व्यक्त गरे । साथै, यस प्रकारका अन्तर्राष्ट्रिय स्तरका प्रदर्शनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उद्यमी तथा उत्पादकहरूलाई एउटै मञ्चमा ल्याएर आर्थिक सम्बन्ध विस्तार गर्न मद्दत गर्ने उनको भनाइ छ ।
अध्यक्ष अग्रवालका अनुसार, यस्तो प्रदर्शनीले नेपाललाई नयाँ आर्थिक यात्रातर्फ अघि बढाउने प्रारम्भिक बिन्दु को रूपमा काम गर्नेछ । उनले यसले उत्पादन क्षमता र बजार अवसरबिचको दूरी घटाई देशलाई आर्थिक वृद्धिदरको लक्ष्यतर्फ अघि बढाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे । उनले नेपालको आर्थिक वृद्धि लक्ष्य ७ प्रतिशतसम्म पुर्याउन यस्ता गतिविधिहरूले महत्त्वपूर्ण योगदान दिन सक्ने उल्लेख गरे ।
उनले भारतमा प्रतिव्यक्ति वार्षिक विद्युत् खपत करिब १,५०० र चीनमा ७,१०० युनिट किलोवाट आवर रहेको तथ्य प्रस्तुत गर्दै नेपालमा प्रतिव्यक्ति विद्युत् खपत करिब ४६५ युनिट किलोवाट आवर मात्रै रहेको बताए । यसले नेपालको ऊर्जा उपयोग र औद्योगिक विकासबिच ठुलो अन्तर रहेको स्पष्ट हुने उनको भनाइ थियो ।
उनले विद्युत् खपत वृद्धि र ऊर्जा उपयोग विस्तार नै आर्थिक रूपान्तरणको आधार भएको उल्लेख गर्दै स्वच्छ ऊर्जा विकासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
त्यस्तै, उनले हाल कायम रहेको एमआरपी प्रणालीले व्यावसायिक क्षेत्रमा चुनौती सिर्जना गरेको बताए । विशेष गरी भन्सार बिन्दुमा नै एमआरपी लेबलिङ अनिवार्य गर्दा व्यवसायीलाई कठिनाइ भएको उनको भनाइ थियो । एउटै कन्टेनरमा विभिन्न प्रकारका वस्तुहरू आउने भएकाले भन्सार बिन्दुमा लेबलिङ गर्न व्यवहारिक कठिनाइ रहेको उनले उल्लेख गरे ।
उनले भन्सार पूर्वाधार अझै पर्याप्त रूपमा विकास नभएको कारण वर्तमान प्रणालीले व्यवसायमा अनावश्यक दबाब सिर्जना गरेको भन्दै सुधार आवश्यक रहेको बताए । यस्तो व्यवस्थाले उपभोक्तामा समेत प्रत्यक्ष असर पर्ने भएकाले बजारमा स्वतन्त्र प्रतिस्पर्धा र बजार विस्तारलाई प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए । साथै, अध्यक्ष अग्रवालले प्रदर्शनीले नेपाललाई प्रविधि, ऊर्जा र नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्न सहयोग पुर्याउने विश्वास समेत व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण