रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति रवि लामिछानेलाई भारतले दिएको उच्च सम्मान जनमतको कदर भएको बताएका छन् ।
- भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भ्रमणको क्रममा जेठ १८ गते नयाँ दिल्ली पुगेका रवि नेतृत्वको प्रतिनिधि मण्डललाई पार्टी र सरकारले भव्य स्वागत गरेका थिए ।
- महामन्त्री बुर्लाकोटीले यसले दुई पार्टी, देश र जनता बिचको सम्बन्धमा अझ उचाइ थपेको बताए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का महामन्त्री कवीन्द्र बुर्लाकोटीले सभापति रवि लामिछानेलाई छिमेकी मुलुक भारतले दिएको उच्च सम्मान जनमतको कदर भएको बताएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा पाँच दिने भ्रमणको क्रममा जेठ १८ गते नयाँ दिल्ली पुगेका रवि नेतृत्वको प्रतिनिधि मण्डललाई पार्टी र सरकारले भव्य स्वागत गरेका थिए ।
गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले ५१ लाख ८५ हजार लोकप्रिय मतसहित दुई तिहाइ नजिक सिट जितेको थियो । रविलाई भारतका प्रधानमन्त्री, गृहमन्त्री, विदेशमन्त्री लगायत र भाजपाका उच्च पदाधिकारीले सम्मान गरेका थिए ।
रविले पाएको सम्मानप्रति खुसी व्यक्त गर्दै महामन्त्री बुर्लाकोटीले भने– ‘हाम्रो सभापतिलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो । यसले दुई पार्टी, देश र जनता बिचको सम्बन्धमा अझ उचाइ थपेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण