रास्वपा पर्वतमा पुन निर्वाचित
आइतबार, २४ जेठ २०८३, ०९ : १०
पर्वत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्वतको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट जलबहादुर पुन सभापतिमा निर्वाचित भएका छन्।
दश सदस्यीय कार्यसमिति उपाध्यक्षमा शारदाकुमारी शर्मा, सचिवमा रामेश्वर गौतम र सहसचिवमा नारायणप्रसाद भुसाल चुनिए । यसैगरी सदस्यमा दिनेश बस्याल, वीरेन्द्रविक्रम मल्ल ठकुरी, रसिला पौडेल मल्ल, प्रतिमा शर्मा सुवेदी, ठक्करप्रसाद शर्मा र गणेशप्रसाद शर्मा निर्वाचित भए ।
अधिवेशन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य सागर भुसालले जनताको चाहनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले काम गर्नुपर्नेमा जोड दिए । अधिवेशनमा जिल्लाका ६१ वटै वडाबाट प्रतिनिधिहरु सहभागी थिए । जिल्लाका सात पालिका र ६१ वटा वडाको अधिवेशन यसअघि भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा ताप्लेजुङकाे सभापतिमा गुरुङ निर्वाचित
-
मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
-
बागमतीका १३ मध्ये ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, कहाँ को विजयी ?
-
थप वार्ताका लागि तेहरान पुगे पाकिस्तानी गृहमन्त्री
-
अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी
-
तीन महिनामा दोस्रो पटक भारतमा घरेलु एलपीजी ग्यासको मूल्यवृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण