सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकाको न्यूजर्सीमा मनाइयो 'नेपाल डे'

सोमबार, २५ जेठ २०८३, १५ : ५८
सोमबार, २५ जेठ २०८३

सारांश

  • अमेरिकाको न्यूजर्सीमा नेपाल डे कार्यक्रम फेरलन सिटीमा आयोजना गरिएको छ ।
  • कार्यक्रममा नेपाली मौलिक नृत्य, भेषभुषा, खाना र परम्परागत सामग्रीहरूको प्रदर्शनी तथा बिक्रीवितरण गरिएको थियो ।
  • नेपाली भाषा, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने उद्देश्यले यो कार्यक्रम प्रत्येक वर्ष आयोजना गरिनेछ ।

अमेरिका । अमेरिकाको न्यूजर्सीमा नेपाल डे कार्यक्रम सम्पन्न भएको छ ।  

नेपाल डे न्यूजर्सीको आयोजनामा फेरलन सिटीमा शनिबार गरिएको कार्यक्रममा न्यूजर्सी र न्यूयोर्कका नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उल्लेख्य सहभागिता रहेको थियो । नेपाली महावाणिज्य दूतावास न्यूयोर्क र गैर आवासीय नेपाली संघ अमेरिकासँगको सहकार्यमा गरिएको कार्यक्रममा नेपाली मौलिक एवं परम्परागत नृत्य प्रस्तुत गरिएको थियो । 

नेपाली महावाणिज्य दूत दधिराम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा फेरलन सिटीकी मेयर क्रिटिना कुट्रोन र उपमेयर जोश रेईनिजको विशेष उपस्थिति रहेको थियो । नेपाली र अमेरिकी झण्डाले सजिएको कार्यक्रममा मौलिक भेषभुषामा सजिएका सहभागीहरूको उत्साहले कार्यक्रम निकै रोचक बनेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुले मन्तव्य व्यक्त गरेका थिए । 

नेपाली भाषा, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने र नेपालीको उपस्थितिलाई बलियो बनाउन कार्यक्रम गरिएको नेपाल डे न्यूजर्सीका कन्भेनर सञ्जिव श्रेष्ठले जानकारी दिए । उनले यस्तो कार्यक्रमले मातृभूमि प्रतिको दायित्व, नेपाली कला र संस्कृतिको संरक्षणसँगै सामाजिक एकता र सद्भाव बढाउने दाबी गरे । 

कार्यक्रम स्थलमा नेपाली मौलिक खाना, परम्परागत पोसाक एवं जानकारी मूलक सामाग्रीहरूको प्रदर्शनी एवं बिक्रीवितरण गरिएको थियो ।  

गत वर्षबाट सुरु गरिएको नेपाल डे कार्यक्रम प्रत्येक वर्ष गरिने अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । आगामी दिनमा यो कार्यक्रमलाई थप परिस्कृत गर्दै वृहत सहभागितामुलक बनाउने भन्दै अध्यक्ष श्रेष्ठले नेपालप्रतिको माया र दायित्वलाई सबैले आ-आफ्नो ठाउँबाट पूरा गर्नु पर्ने बताए । 

दोस्रो चरणको कार्यक्रममा कलाकारहरू जेम्स प्रधान र कृष्ण काफ्लेले विशेष साङ्गीतिक प्रस्तुति दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप