सांसद पदम परियारको जिज्ञासा : सुरुङ मार्गको ऋण कसरी तिरिन्छ ?
सारांश
- सांसद पदम परियारले नागढुङ्गा सुरुङ मार्गको ऋण भुक्तानी योजनाबारे सरकारसँग स्पष्ट जवाफ मागेका छन् ।
- उनले सुरुङ मार्गको सुरुको लागत अनुमान र अहिलेको वास्तविक खर्चको विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।
- सांसद परियारले सुरुङ मार्गको लम्बाइ छोटो हुनुको प्राविधिक कारण र निजी कम्पनीलाई सञ्चालन जिम्मा दिँदा मन्त्रालयको सुपरिवेक्षणबारे पनि प्रश्न उठाएका छन् ।
काठमाडौँ । सांसद पदम परियारले नागढुङ्गा सुरुङ मार्गको लागत र ऋण भुक्तानी योजनाबारे सरकारसँग स्पष्ट जवाफ मागेका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सांसद परियारले आयोजनाको सुरुको लागत अनुमान र अहिलेको वास्तविक खर्चको विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।
‘यो सफ्ट लोनमा बनाइएको प्रोजेक्ट हो । पोखरा र लुम्बिनी विमानस्थल जस्तै यो पनि ऋणको भारमा पर्ने त होइन ?’ परियारले प्रश्न गरे । उनले वार्षिक ३५ करोड आम्दानी हुने अनुमान गरिएकोमा २२ करोड सञ्चालनमै खर्च हुने भएपछि बाँकी १३ करोड बचतले अर्बौँको ऋण कति वर्षमा तिरिसकिन्छ भन्दै प्रश्न गरे ।
यसैगरी, उनले सुरुङ मार्गको लम्बाइ छोटो भएकोमा पनि प्राविधिक कारण सोधेका छन् । ‘यो सुरुङ अलि तल सिस्नेखोलासम्म ल्याएको भए धेरै घुम्तीहरू काट्न सकिन्थ्यो, किन यति छोटो बनाइयो ?’ उनको जिज्ञासा थियो ।
परियारले निजी कम्पनीलाई सञ्चालनको जिम्मा दिँदा मन्त्रालयले त्यसको रेखदेख र सुपरिवेक्षण कसरी गर्छ भन्नेबारे पनि स्पष्ट पार्न माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुन पालिकालाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
-
सरकारले गर्यो १० सचिवको सरुवा
-
किसान बचाउन ६ लाख बाँदर मार्नुपर्छ, जेल जान पनि डराउँदिनँ: सांसद राई
-
कैलालीमा भेटिएको शंकास्पद वस्तु डिस्पोज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण