सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कवीन्द्र बुर्लाकोटी भन्छन्– विषयगत मन्त्रालयको जवाफ प्रधानमन्त्रीले दिनुहुन्न

सोमबार, २५ जेठ २०८३, १३ : ०६
सोमबार, २५ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदमा विपक्षी दलहरूले माग गरेबमोजिम प्रधानमन्त्रीले जवाफ नदिने बताएका छन् ।
  • उनले नेपाल-भारत सीमा सम्बन्धी विवाद परराष्ट्र मन्त्रालय अन्तर्गत पर्ने भएकाले प्रधानमन्त्रीले जवाफ नदिने स्पष्ट पारे ।
  • सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेकै त्यसमा प्रधानमन्त्री, सरकार र सरकारको नेतृत्व गर्ने दलको जवाफ हो भनी उनले बताए ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदमा विपक्षी दलहरूले माग गरेबमोजिम प्रधानमन्त्रीले जवाफ नदिने प्रस्ट पारेका छन् ।

सोमबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले नेपाल–भारत सीमा सम्बन्धि विवाद परराष्ट्र मन्त्रालय अन्तर्गत पर्ने भएकाले प्रधानमन्त्रीले जवाफ नदिने प्रस्ट पारेका हुन् । 

‘संसद्को अवरोध अन्त्य गर्नका लागि सभापतिले विपक्षी दलका नेताहरूलाई आग्रह गर्नुभयो । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले प्रस्ट पारिसकेको छ । आवश्यक परेको खण्डमा सदनमा पनि राख्न सकिन्छ भन्नुभयो’, बुर्लाकोटीले भने– ‘संसद्को अवरोध हटाउने विषयमा धेरै अगाडि बढेको छ । प्रधानमन्त्री मातहत विभिन्न विषयगत मन्त्रालय छन् । सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेकै त्यसमा प्रधानमन्त्री, सरकार र सरकारको नेतृत्व गर्ने दलको जवाफ हो ।’

बैठकमा विशेष गरी भारत भ्रमणबारे सभापति रवि लामिछानेले जानकारी दिएको उनले बताए । बैठकमा उठेका प्रश्नको जवाफ दिने प्रयास गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप