एसीसी महिला प्रिमियर कपमा थाइल्याण्डसँग हार्यो नेपाल
सारांश
- एसीसी महिला प्रिमियर कपको क्वार्टरफाइनलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ ।
- १३१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ७४ रन मात्र बनाउन सक्यो ।
- थाइल्याण्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा ४ विकेट गुमाएर १ सय ३० रन बनाएको थियो ।
क्वाललम्पुर । एसीसी महिला प्रिमियर कपको क्वार्टरफलाइनल खेलमा नेपाल थाइल्याण्डसँग ५७ रनले पराजित भएको छ । १ सय ३१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेटको क्षता ७४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि रुविना क्षेत्रीले सर्वाधिक २० रनको योगदान दिइन् । उनले २३ बलमा ३ चौका प्रहार गरिन् । सोनी पाख्रिनले १५ रन जोडिन् भने सम्झना कुमारी र सीता राना मगरले १२-१२ रन बनाइन् ।
थाइल्याण्डका लागि थिपाट्चा पुथावोङ, सुनिथा चतुरोङग्राटना र सुलिपोर्न लाओमीले २-२ विकेट लिए । फानिटा मायाले १ विकेट हात पारिन् ।
क्वाललम्पुरको बायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३० रन बनाएको थियो । टोलीका लागि विकेटकिपर नानापाट खोचारोनकाईले अर्धशतकीय पारी खेलिन् । उनले ५१ बलमा ६ चौकाको मद्दतले ६२ रन जोडिन् ।
ओपनर फानिटा मायाले २१ बलमा २६ रन बनाइन् भने चानिदा सुथिरुवाङले १६ रनको योगदान दिइन् । नेपालका लागि कविता कुँवर, रिया शर्मा र रुविना क्षेत्रीले १-१ विकेट हात पारिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिँदा हर्क साम्पाङको ‘डिस्टर्ब’
-
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३३ जना बनिसके मन्त्री
-
रास्वपा कोशी प्रदेश सभापतिका लागि ८ जनाको उम्मेदवारी
-
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
-
अमेरिकी आक्रमणपछि वार्ताबारे पुनरावलोकन गर्दै इरान
-
अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण