तीन कारण देखाउँदै रास्वपाले गर्यो बागमती प्रदेश अधिवेशन अस्थायी स्थगन
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशनको निर्वाचन कार्यक्रम प्राविधिक र व्यवस्थापकीय कारणले अस्थायी रूपमा स्थगित गरिएको छ ।
- केन्द्रीय निर्वाचन आयोगले मतपत्र तथा नामावलीमा देखिएका त्रुटि सच्याउन, उजुरी र विवाद समाधान गर्न तथा जनशक्ति थप गर्न निर्वाचन रोकेको जनाएको छ ।
- भ्रममा परेर फर्किएका प्रतिनिधिहरूलाई पुनः मतदानमा सहभागी हुने पर्याप्त समय दिइने आयोगले स्पष्ट पारेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश अधिवेशन अन्तर्गतको निर्वाचन कार्यक्रम केही समयका लागि स्थगित गरिएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै प्राविधिक तथा व्यवस्थापकीय कारणले निर्वाचन प्रक्रिया अस्थायी रूपमा रोक्नुपरेको स्पष्ट पारेको हो ।
मंगलबारदेखि सुरु भएको अधिवेशनको निर्वाचन कार्यक्रम बिहान ८ बजेसम्म स्थगित गरिएको थियो । तर, अधिवेशन पूर्ण रूपमा रद्द भएको भन्ने भ्रामक सूचना फैलिएका कारण केही प्रतिनिधिहरू मतदान स्थलबाट फर्किएको विषयमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
केन्द्रीय निर्वाचन आयोग प्रमुख भुवन केसीले मतपत्र तथा नामावलीमा देखिएका केही त्रुटिहरू सच्याउन र मतदाता नामावलीको अन्तिम प्राविधिक प्रमाणीकरण गर्न, करिब ४०० जनाको समायोजन सूचीमा देखिएका उजुरी र विवादहरूको उचित सम्बोधन गर्न र प्रदेश निर्वाचन समितिमा आवश्यक जनशक्ति थप गरी निर्वाचन प्रक्रियालाई सहज बनाउन निर्वाचन रोकिएको प्रस्ट पारेका छन् ।
भ्रमवश फर्किएका प्रतिनिधिहरूलाई पुनः मतदान प्रक्रियामा सहभागी हुने पर्याप्त समय प्रदान गरिने उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम
-
रविसँग कुरा नमिलेपछि सभामुख र विपक्षी दलका नेताहरू छलफलमा
-
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा
-
अभिनयमा कमब्याक गर्दै कैट्रिना
-
चौँरीको पुच्छरसहित ट्याक्टर प्रहरी नियन्त्रणमा
-
एमसीए–नेपालद्वारा दुई नयाँ सबस्टेसन र २९७ किमि प्रसारण लाइन निर्माणको शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण