सर्लाहीमा प्रहरीमाथि आक्रमण : पूर्वप्रदेश सांसदलाई खोज्दै प्रहरी
सारांश
- सर्लाहीको कविलासीस्थित सलेमपुरमा दुर्घटनाको विषयमा विवाद हुँदा प्रहरीमाथि आक्रमण गर्ने पूर्वप्रदेश सांसद अशोककुमार यादवलाई प्रहरीले पक्राउ गर्न खोजेको छ ।
- पूर्वसांसद यादवविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
- घटनामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ, जसमा सांसदका भतिज र भाञ्जा छन् ।
काठमाडौँ । सर्लाहीको कविलासीस्थित सलेमपुरमा दुर्घटनाको विषयमा विवाद हुँदा प्रहरीलाई आक्रमण गरेको घटनामा मधेस प्रदेशका पूर्वसांसद जोडिएका छन् । पूर्वप्रदेश सांसद अशोककुमार यादवलाई सर्लाही प्रहरीले पक्राउ गर्न खोजेको छ । तर, उनी फेला परेका छैनन् ।
यादवविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको सर्लाहीका एसपी रवीन्द्र पौडेलले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँमाथि अनुसन्धान भइरहेको छ ।’
यादव २०७४ मा मधेसी जनअधिकार फोरमको तर्फबाट प्रदेशसभा सदस्य थिए । अहिले उनी नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध छन् ।
जेठ २५ मा राति ९ बजेतिर यादवको स्वामित्वमा रहेको ज. १ त.२५५० नम्बरको ट्याक्टरले रोकेर राखेको ना.६ख. ७६२३ नम्बरको ट्रकलाई ठक्कर दिएको थियो । ट्रक कविलासी नगरपालिका–८ स्थित अगर्वामा रोकेर राखिएको थियो । ठक्कर दिएर भाग्दै गरेको ट्याक्टरलाई प्रहरीले रोकेर दुवै सवारी चालकलाई छलफल गरेर मेलमिलाप गर्न र कुरा नमिलेमा प्रहरी कार्यालयमा हिँड्न आग्रह गरेको थियो । त्यसपछि ट्याक्टर चालकले अशोक यादवलाई खबर गरेर बोलाएका थिए ।
यादव घटनास्थलमा पुगेपछि उनीसँगै गएका व्यक्तिहरूले प्रहरीलाई घेरेर आक्रमण गरे । यादव नेतृत्वको समूहले प्रहरीलाई आक्रमण गरेर ट्याक्टर भगाएको एसपी पौडेलले बताए । उनले भने– ‘उहाँहरूले तथानाम गाली गर्दै प्रहरीलाई आक्रमण गर्नुभएको थियो, त्यसबारे अनुसन्धान हुँदैछ ।’
कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा यादवका भतिज कविलासी नगरपालिका–१० सलेमपुर घर भएका १९ वर्षीय विक्रमकुमार यादव र भाञ्जा भारतीय नागरिक २१ वर्षीय प्रियाङ्शु यादव छन् । उनीहरू विरुद्ध प्रहरीले अभद्र व्यवहार कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । पूर्वप्रदेश सांसद यादव पनि सलेमपुरका स्थानीय हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैन : हर्कराज राई
-
चलचित्रको विकासमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : अध्यक्ष डिसी
-
चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य
-
प्रतिनिधिसभामा विपक्षी दलको अवरोध
-
बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र
-
नेप्से परिसूचक २.५७ अङ्कले बढ्दा सवा ४ अर्ब बढीको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण