रातोपाटीको १३औँ वार्षिकोत्सव मनाइयो
बुधबार, २७ जेठ २०८३, १४ : ३५
काठमाडौँ । रातोपाटी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमको १३औँ वार्षिकोत्सव मनाइएको छ । वार्षिकोत्सवको अवसरमा बुधबार रातोपाटीको केन्द्रीय कार्यालय बखुल्डोल, ललितपुरमा एक कार्यक्रमको आयोजना गरियो ।
सो अवसरमा रातोपाटीका संस्थापक प्रधान सम्पादक ओम शर्माले विगतका दिनका संघर्ष र अनुभवहरू सम्झँदै संस्थालाई यहाँसम्म ल्याउन सहयोग गर्ने सम्पूर्ण सहकर्मीलाई धन्यवाद दिए । शर्माले रातोपाटीलाई ‘सबैको, सबैभन्दा राम्रो’ समाचार पोर्टल बनाउने संकल्पका टीम अघि बढिरहेको बताए ।

केक काटेर खुसीयाली मनाइनुका साथै शुभकामना आदान प्रदान गरिएको कार्यक्रममा प्रधान सम्पादक जिवेन्द्र सिम्खडा, प्रबन्ध निर्देशक अर्जुन पन्त, सम्पादक दीपक ज्ञवालीसहित रातोपाटीका सबै विभागका सहकर्मीहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
-
प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैन : हर्कराज राई
-
चलचित्रको विकासमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : अध्यक्ष डिसी
-
चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य
-
प्रतिनिधिसभामा विपक्षी दलको विराेध
-
बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण