अन्तर्राष्ट्रिय सफलता प्राप्त फिल्म ‘इलिफेन्ट्स इन द फग’लाई नगद सहितको सम्मान
सारांश
- चलचित्र विकास बोर्डले अन्तर्राष्ट्रिय सफलता प्राप्त गरेको फिल्म ‘इलिफेन्ट्स इन द फग’का निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई नगद रु. दुई लाख ५० हजार सहित सम्मान गरेको छ ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’ र सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विशेष कार्यक्रममा सम्मान प्रदान गरेका हुन् ।
- यो सम्मान नेपाली चलचित्रले विश्वमञ्चमा नेपालको पहिचान, संस्कृति र सृजनशीलता स्थापित गर्न पुर्याएको योगदानको कदर स्वरूप गरिएको हो ।
काठमाडौँ । अन्तर्राष्ट्रिय चलचित्र मञ्चमा नेपाली फिल्मले हासिल गरेको ऐतिहासिक सफलताको कदर गर्दै चलचित्र विकास बोर्डले चलचित्र ‘इलिफेन्ट्स इन द फग’का निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई नगद रु. दुई लाख ५० हजार, सम्मानपत्र, खादा र मालासहित सम्मान गरेको छ ।
चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा राजधानीस्थित आयोजित विशेष कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालगायतले सम्मान प्रदान गरे ।
नेपाली चलचित्रले विश्वमञ्चमा नेपालको पहिचान, संस्कृति र सृजनशीलतालाई स्थापित गर्न पुर्याएको योगदानको कदरस्वरूप सम्मान गरेको हो ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले चलचित्र टोलीले प्राप्त गरेको उपलब्धि केवल पुरस्कार नभई राष्ट्रकै लागि अमूल्य गौरव भएको बताए ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले ‘इलिफेन्ट्स इन द फग’ को सफलताले नेपाली चलचित्र उद्योगलाई विश्व बजारमा आत्मविश्वासका साथ अघि बढ्ने प्रेरणा दिएको बताए ।
कार्यक्रममा सम्मान ग्रहण गर्दै चलचित्रका निर्देशक अविनाश विक्रम शाहले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण नेपाली चलचित्रकर्मीको साझा सफलता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ः क–कसलाई भिसा दिएन अमेरिकाले ?
-
केपी शर्मा ओलीलाई रास्वपा सदस्य बनाएको विषय संसदमा उठ्यो
-
१५ वटा विश्वविद्यालय निमित्त उपकुलपतिको भरमा, नीतिगत निर्णयमा अप्ठ्यारो
-
ईभी गाडी आयात सम्बन्धमा संसदीय छानबिन समिति चाहिन्छ : राप्रपा
-
लागुऔषधको आपूर्ति सञ्जाल तोड्न सांसदहरूको माग
-
नागढुंगाबाट १४ थान आइफोन बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण