अभिनेत्री परीक्षा लिम्बू ओराको ब्रान्ड एम्बेसेडर नियुक्त
सारांश
- अभिनेत्री परीक्षा लिम्बू नेपाली र कोरियन प्रविधिको सम्मिश्रणबाट उत्पादित स्किन केयर ब्रान्ड ओराको ब्रान्ड एम्बेसेडर नियुक्त भएकी छन् ।
- अभिनेत्री लिम्बुले ओराको ब्रान्ड एम्बेसेडर नियुक्त हुन पाएको खुसी व्यक्त गर्दै यसलाई सौन्दर्यका लागि राम्रो र विश्वसनीय ब्रान्ड भएको बताइन् ।
- एनके कस्मेटिक्स प्राइभेट लिमिटेडद्वारा उत्पादित ओरा ब्रान्डले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय स्किन केयर उत्पादनहरू सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्य राखेको छ ।
काठमाडौँ । अभिनेत्री परीक्षा लिम्बू नेपाली र कोरियन प्रविधिको सम्मिश्रणबाट उत्पादित स्किन केयर ब्रान्ड ओराको ब्रान्ड एम्बेसेडर नियुक्त भएकी छन् । काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच कम्पनीले अभिनेत्री लिम्बूसँगको सहकार्यको औपचारिक घोषणा गरेको हो ।
कार्यक्रममा अभिनेत्री लिम्बुले ओराको ब्रान्ड एम्बेसेडर नियुक्त हुन पाएको खुसी व्यक्त गरिन् । अहिलेको समय आफ्नो छालको विशेषता बुझेर मात्र सबैले स्किन केयरहरू प्रयोग गर्नुपर्ने बताइन् ।
‘सौन्दर्यका लागि ओराको ब्रान्ड एकदमै राम्रो र विश्वसनीय छ’, लिम्बुले भनिन् ‘यो कोरियन टेक्नोलोजीबाट बनेको र कोरियाबाटै भित्रिएको भएकोले मलाई जोडिन मन लाग्यो ।’
कम्पनीले अभिनेत्री लिम्बूको व्यक्तित्व, लोकप्रियता र समाजमा रहेको सकारात्मक प्रभावले ओरा ब्रान्डलाई उपभोक्तामाझ अझ व्यापक र प्रभावकारी रूपमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। कम्पनीले ओरा केवल एउटा उत्पादनको नाम मात्र नभई भावनात्मक रूपमा उपभोक्तासँग जोडिएको विश्वास, गुणस्तर र आत्मविश्वासको ब्रान्ड भएको उल्लेख गरेको छ।
एनके कस्मेटिक्स प्राइभेट लिमिटेडद्वारा उत्पादित ओरा ब्रान्डले नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय स्किन केयर उत्पादनहरू सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्य राखेको छ । यसका लागि कम्पनीले ललितपुरको इमाडोलमा करिब ३५ करोड रुपैयाँको लगानीमा उद्योग स्थापना गरेको छ। गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष विनोद कुँवरको नेतृत्व तथा कोरियन कस्मेटिक क्षेत्रका अनुभवी प्राविधिक विज्ञ जे हो हुको प्राविधिक सहयोगमा उद्योग सञ्चालन भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायल–प्यालेस्टाइन शान्ति प्रक्रियाका लागि तीन देशले सुरु गरे संयुक्त कोष
-
गुण्डागर्दीमा संलग्न आरोपमा श्याम लामा पक्राउ
-
सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको आरोपमा दम्पती पक्राउ
-
रास्वपा कोशी प्रदेश सभापतिमा राई निर्वाचित, पराजित भएपछि तामाङले गरिन् राजनीतिबाट सन्यासको घोषणा
-
दाँतमा समस्या देखिएपछि एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालमा
-
बैंकक बम विस्फोटको घटनामा दुई जनालाई मृत्युदण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण