बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय

नागढुंगाबाट १४ थान आइफोन बरामद

बिहीबार, २८ जेठ २०८३, ११ : २७
बिहीबार, २८ जेठ २०८३

सारांश

  • प्रहरीले काठमाडौँको नागढुंगाबाट भन्सार छली गरी ल्याउँदै गरेको १४ थान आइफोन बरामद गरेको छ ।
  • बुटवलबाट काठमाडौँ आउँदै गरेको यात्रु बाहक बसबाट आइफोन बरामद गरिएको हो ।
  • प्रहरीले बरामद आइफोन त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

काठमाडौँ । प्रहरीले काठमाडौँको नागढुंगाबाट भन्सार छलिको आइफोन बरामद गरेको छ । मंगलबार बुटवलबाट आउँदै गरेको लु.२ ख. ६५६६ नम्बरको यात्रु बाहक बसबाट आइफोन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । 

बरामद आइफोन प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ । चालक सिटको साइडमा झोलामा राखेर ल्याएको आइफोनको बिलबिजक नभेटिएको एसपी भट्टराईले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप