बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपा प्रदेश समिति निर्वाचन : कोशीमा मतगणना हुँदै

बिहीबार, २८ जेठ २०८३, १२ : ०३
बिहीबार, २८ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।
  • बुधबार राति भएको मतदानमा ९०१ मतदातामध्ये ७०२ जनाले मतदान गरेका थिए र यस अधिवेशनबाट सभापतिसहित ६१ सदस्यीय प्रदेश समिति चयन गरिनेछ ।
  • सभापति पदका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन् र प्रदेश सदस्यका लागि करिब १५६ जनाले उम्मेदवारी दिएका छन् ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना हुँदै छ । बुधबार राति भएको मतदानमा ९०१ मतदातामध्ये ७०२ जनाले मतदान गरेका थिए । 

अधिवेशनबाट सभापतिसहित ६१ सदस्यीय प्रदेश समिति चयन गरिने रास्वपाले जनाएको छ । सभापति पदका लागि सुनसरीकी वर्तमान प्रदेश कार्यवाहक सभापति गोमा तामाङ, मोरङका चन्द्रबहादुर राई, तेह्रथुमका डा। खगेन्द्र कटुवाल र झापाका चन्द्रकुमार गौली चुनावी मैदानमा छन् ।

सभापति निर्वाचित हुन सदर मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्ने रास्वपाको विधानमा व्यवस्था छ । कुनै उम्मेदवारले आवश्यक मत प्राप्त गर्न नसके सर्वाधिक मत ल्याउने दुई उम्मेदवारबिच दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ ।

प्रदेश सदस्यका लागि करिब १५६ जनाले उम्मेदवारी दिएका छन् । पहिलो चरणबाट ६१ सदस्य चयन भएपछि उनीहरूमध्येबाट बाँकी पदाधिकारीको निर्वाचन हुने व्यवस्था छ । यसअघि मोरङको विराटचोकस्थित जेसिज भवनमा जारी अधिवेशनमा नेतृत्व चयनलाई लिएर आन्तरिक विवाद भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप