जेनजी आन्दोलनमा थुनाबाट भागेका दुई जना फरार प्रतिवादी पक्राउ
बिहीबार, २८ जेठ २०८३, १५ : ४९
सारांश
- लागुऔषध नियन्त्रण ब्युरोको टोलीले जेनजी आन्दोलनका क्रममा थुनाबाट भागेका दुई फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
- पक्राउ पर्नेमा मोरङका टंक बहादुर खड्का र धनुषाका शशि शंकर कापर छन् ।
- खड्का भदौ २४ गते जिल्ला प्रहरी परिसरको हिरासतमै फरार भएका थिए भने कापर महोत्तरी कारागारबाट भागेका थिए ।
काठमाडौँ । जेनजी आन्दोलन हुँदा थुनाबाट भागेका दुई जना प्रतिवादीलाई प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका घर भएका ३६ वर्षीय टंक बहादुर खड्का र धनुषाको सवैला नगरपालिका घर भएका ४७ वर्षीय शशि शंकर कापर छन् ।
लागुऔषध कसुरको अनुसन्धानको सिलसिलामा रहेका खड्का भद्रकाली स्थित जिल्ला प्रहरी परिसरको हिरातसबाट भदौ २४ मा फरार भएका थिए ।
कापर महोत्तरी कारागारबाट भागेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब सबै मन्त्रालयमा एक/एक जना सचिव, ५ सचिव जगेडामा
-
विद्यालयको जग्गा खाली गराउन पुगेका प्रहरीमाथि आक्रमण, एक महिला पक्राउ
-
इजरायल–प्यालेस्टाइन शान्ति प्रक्रियाका लागि तीन देशले सुरु गरे संयुक्त कोष
-
गुण्डागर्दीमा संलग्न आरोपमा श्याम लामा पक्राउ
-
सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको आरोपमा दम्पती पक्राउ
-
रास्वपा कोशी प्रदेश सभापतिमा राई निर्वाचित, पराजित भएपछि तामाङले गरिन् राजनीतिबाट सन्यासको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण