जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा), नेपालले जेठ ३० गतेदेखि आगामी असार १४ गतेसम्म विभिन्न जिल्लामा जिल्ला अगुवा कार्यकर्ता भेला गर्ने भएको छ ।
पार्टीको हालै सम्पन्न केन्द्रीय समन्वय समितिको बैठकले यही जेठ ३० गते पर्सा, जेठ ३१ गते बारा, असार ३ गते मोरङ, असार ४ गते सुनसरी, असार ५ गते सप्तरी, असार ९ गते सर्लाही, असार ९ गते धनुषा, असार १० गते महोत्तरी, असार १२ गते सिरहा र असार १४ गते रौतहटमा जिल्ला अगुवा कार्यकर्ता भेला गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय सचिव पेशल ढलालले जानकारी दिए ।
उक्त भेलामा पार्टीका सम्पूर्ण तहका सदस्यहरू, भ्रातृ सङ्गठनका सदस्य तथा निर्वाचित जनप्रतिनिधिको अनिवार्य सहभागिता रहनेछ । साथै उक्त कार्यक्रममा पार्टी अध्यक्ष उपेन्द्र यादव तथा पार्टी संरक्षक महन्थ ठाकुरको उपस्थिति रहनेछ । बर्दिया, बाँके र सुर्खेतमा भने भेला सम्पन्न भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण