इरान युद्धले विश्व आर्थिक वृद्धिदर सुस्त बनाउने चेतावनी
सारांश
- विश्व बैंकको प्रतिवेदनअनुसार इरान-इजरायल युद्धले विश्व आर्थिक वृद्धिदर कोभिड-१९ महामारीपछिकै कमजोर स्तरमा पुग्ने अनुमान छ ।
- युद्ध थप चर्किए वा आपूर्ति लामो समय अवरुद्ध भएमा सन् २०२६ मा विश्व आर्थिक वृद्धिदर १.३ प्रतिशतमा झर्न सक्ने चेतावनी दिइएको छ ।
- युद्धले महत्वपूर्ण समुद्री व्यापार मार्ग ठप्प पार्दा तेल, ग्यास र मलको मूल्य बढेको छ, जसको असर विकासशील देशहरूमा बढी पर्नेछ ।
वासिङ्टन डीसी । इरानसँगको जारी अमेरिका–इजरायली युद्धका कारण विश्व अर्थतन्त्रको वृद्धिदर कोभिड–१९ महामारीपछिकै सबैभन्दा कमजोर स्तरमा पुग्ने अनुमान गरिएको छ ।
विश्व बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदनअनुसार सन २०२६ मा विश्वको आर्थिक वृद्धिदर २ दशमलव ५ प्रतिशतमा सीमित रहने छ । यो सन २०२५ तुलनामा निकै कम हो । गएको वर्ष विश्व अर्थतन्त्र २ दशमलव ९ प्रतिशतले बढेको थियो ।
युद्ध थप चर्किएमा वा वस्तु तथा ऊर्जा आपूर्ति लामो समयसम्म अवरुद्ध भएमा अवस्था अझ गम्भीर हुन सक्ने चेतावनी प्रतिवेदनमा दिइएको छ । विश्व बैंकका अनुसार शत्रुतापूर्ण गतिविधि बढ्दै गएमा ऊर्जा, खाद्यान्न तथा अन्य वस्तुको मूल्य अझ बढ्न सक्छ, जसले मुद्रास्फीति, खाद्य असुरक्षा र वित्तीय सङ्कटलाई थप तीव्र बनाउनेछ ।
ऊर्जा आपूर्तिमा अवरोध अपेक्षाभन्दा गम्भीर भयो र त्यससँगै वित्तीय क्षेत्र पनि दबाबमा पर्यो भने सन् २०२६ मा विश्व आर्थिक वृद्धिदर १ दशमलव ३ प्रतिशतमा झर्न सक्ने चेतावनी बैंकले दिएको छ । इरान युद्धका कारण विश्वकै महत्त्वपूर्ण समुद्री व्यापार मार्ग स्ट्रेट अफ होर्मुज ठप्प प्रायः छ । जसले गर्दा आपूर्ति अभावमा विश्वभर तेल, प्राकृतिक ग्यास तथा मलको मूल्य तीव्र रूपमा बढेको छ ।
युद्धका कारण सबै विकासशील अर्थतन्त्रहरूको वृद्धि सन २०२५ को तुलनामा कमजोर हुने अनुमान विश्व बैंकले गरेको छ । विशेषगरी चीन र भारतबाहेकका विकासशील देशहरूमा प्रतिव्यक्ति आय कोभिड–१९ महामारीअघिको स्तरमा फर्किन सन् २०२८ पछिसम्म लाग्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । अर्थशास्त्रीहरूका अनुसार ऊर्जा र खाद्य मूल्यमा भइरहेको वृद्धिले गरिब तथा आयातमा निर्भर राष्ट्रहरूलाई सबैभन्दा बढी असर पार्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनम्र क्यानडाको आक्रामक टिम, घरेलु विश्वकपमा छाप छोड्ने तयारीमा
-
रास्वपा गण्डकी सभापतिमा ४ जनाले दिए उम्मेदवारी
-
सिंहदरबार वैद्यखानाको क्षमता अभिवृद्धि र औषधि उत्पादन बढाउन निर्देशन
-
वैदेशिक रोजगार बोर्डले डिजिटल सूचना तथा स्रोत केन्द्र स्थापना गर्ने
-
गृहमन्त्रीकाे आश्वासनपछि सुजनले गरे धर्ना स्थगित
-
शिव परियारको ‘दिल परानी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण