शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

कृषिमन्त्री चौधरी र चिनियाँ राजदूत झाङबिच भेटवार्ता

शुक्रबार, २९ जेठ २०८३, १४ : ५३
शुक्रबार, २९ जेठ २०८३

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीसँग शुक्रबार भेटवार्ता गरेका छन् । भेटका क्रममा दुई पक्षबिच कृषि विकास, वातावरण संरक्षण तथा यस क्षेत्रमा नेपाल–चीन सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा विचार आदानप्रदान भएको राजदूत झाङले बताए ।

नेपालसँगको द्विपक्षीय सहयोगमार्फत नेपाली जनताले प्रत्यक्ष रूपमा लाभ लिन सक्ने ठोस कार्यक्रमहरू अघि बढाउने अपेक्षा राजदूत झाङले गरेका छन् । 

उनले कृषि आधुनिकीकरण, प्रविधि हस्तान्तरण, वातावरणीय संरक्षण तथा दिगो विकासका क्षेत्रमा सहकार्य विस्तार गर्न चीन प्रतिबद्ध रहेको बताएका छन् । भेटवार्तामा नेपाल र चीन बिच कृषि तथा वातावरण संरक्षणका क्षेत्रमा विद्यमान सहयोगलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका नयाँ सम्भावनाहरूको खोजी गर्ने विषयमा छलफल भएको उनले बताए । 

नेपाल र चीनबिच पछिल्ला वर्षहरूमा कृषि प्रविधि, क्षमता विकास, हरित विकास तथा वातावरणीय संरक्षणका क्षेत्रमा सहकार्य विस्तार हुँदै आएको छ । मन्त्री चौधरी र राजदूत झाङ बिच यसअघि पनि भेटवार्ता भएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप