वामपन्थी नेता मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ पुस्तक सार्वजनिक हुने
काठमाडौँ । राजनीतिक स्वतन्त्रताका लागि १७ वर्ष कठोर जेल जीवन व्यतीत गरेका वरिष्ठ स्वतन्त्रता सेनानी एवं वामपन्थी नेता मोहनचन्द्र अधिकारीको जीवन र सङ्घर्षमा आधारित पुस्तक ‘जगेडा जिन्दगी’ सार्वजनिक हुने भएको छ ।
मोहनचन्द्र अधिकारी फाउन्डेसनको आयोजनामा पुस्तकको लोकार्पण समारोह आयोजना गर्न लागिएको हो। लोकार्पण कार्यक्रम भोलि(शनिबार) दिउँसो २ बजे चन्द्रागिरि नगरपालिका स्थित सतुङ्गलमा हुने फाउन्डेसनले जनाएको छ।फाउन्डेसनका अनुसार उक्त पुस्तकमा अधिकारीको जीवनयात्रा, राजनीतिक सङ्घर्ष, लामो जेल जीवनका अनुभव र उनले मुलुकको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको विशिष्ट योगदानलाई समेटिएको छ।
नेपालका ‘नेल्सन मण्डेला’ उपनामले चिनिने अधिकारी नेपालको वामपन्थी एवं लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धाका रूपमा चिनिन्छन्।
पञ्चायती व्यवस्थाविरुद्धको सङ्घर्षका क्रममा २०३० सालमा रौतहटबाट पक्राउ परेका अधिकारी १७ वर्ष जेल सजाय भोगेका थिए। उgको त्याग र बलिदानबारे नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले यो पुस्तक तयार पारिएको आयोजकले बताएको छ।
उक्त कार्यक्रममा उपस्थितिका लागि विभिन्न क्षेत्रका व्यक्तित्वहरू, सञ्चारकर्मी तथा शुभेच्छुकहरूमा फाउन्डेसनले हार्दिक अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
-
कांग्रेस नीति प्रतिष्ठानद्वारा ५ विषयगत उपसमिति गठन
-
कश्मीरमा विरोध प्रदर्शन : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
-
भारत सरकारको साढे १४ करोड सहयोगमा हुम्लामा बन्ने भयो ‘नेपाल–भारत मैत्री अस्पताल’
-
इरानसँग सम्भावित सम्झौतामा हस्ताक्षर गर्ने तयारी
-
काभ्रे बस दुर्घटना : मृतकको संख्या ८ पुग्यो (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण