प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित
सारांश
- प्रतिनिधि सभाको बैठक असार १ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
- बैठकमा अर्थ मन्त्रीले "विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्" भन्दै पेस गरेको प्रस्ताव स्वीकृत भएको छ ।
- त्यस्तै, सभाले राष्ट्रिय सभामा उत्पत्ति भएको "अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्" भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक असार १ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले बैठक असार १ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरेका हुन् ।
शुक्रबारको बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले “विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्” भन्दै पेस गरेको प्रस्ताव सभाले स्वीकृत गरेको छ ।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको “अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि बैठकले स्वीकृत गरेको छ ।
सँगै बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रीको समेत कार्यभार सम्हालेकी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ नम्बर ८१ र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९ पेस गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकाको यातायात सुधार्न सरकारको बृहत् गुरुयोजना
-
हस्तपुरमा दरबार निर्माण भएपछि पर्यटन प्रवर्द्धन हुँदै
-
सुस्तामा एसएसबीका सुरक्षाकर्मी छिरेकोबारे आवश्यक कदम चालिन्छ : प्रवक्ता पोखरेल
-
संविधान संशोधन गरेर जिससलाई अधिकार सम्पन्न बनाउन माग
-
चितवन राइनोजद्वारा कुशल मल्लसहित सात खेलाडी रिटेन
-
सिंहदरबारभित्रै गुणस्तरहीन वस्तु बिक्री, केन्द्रीय क्यान्टिनलाई २ लाख जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण