शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

भारतले नेपालमा राजनीतिक नियुक्तिमार्फत राजदूत पठाउने

शुक्रबार, २९ जेठ २०८३, १५ : ३५
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • भारतले नेपालका लागि नयाँ राजदूत पठाउने तयारी गरेको छ, जसको कार्यकाल सकिन लागेको छ।
  • यसअघि भारतले विदेश मन्त्रालयका कर्मचारीलाई राजदूत बनाउँदै आएकोमा अब राजनीतिक नियुक्तिमा जोड दिएको छ।
  • बंगलादेश र नेपालले पनि भारतमा राजनीतिक नियुक्तिबाटै राजदूत पठाउने गरेका छन्।

काठमाडौँ । भारतले नेपालमा राजनीतिक नियुक्तिमार्फत राजदूत पठाउने भएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिन लागेको बेला भारतले अर्को राजदूत पठाउने तयारी थालेको हो । 

यसअघि भारतले करियर डिप्लोम्याट अर्थात् विदेश मन्त्रालयकै कर्मचारीलाई राजदूतको रूपमा पठाउँदै आएको थियो । अब भने राजनीति नियुक्तिको आधारमा पठाउन लागेको स्रोतले जनाएको छ ।

बंगलादेशले पनि नेपालमा राजनीतिक नियुक्तिमार्फत राजदूत पठाउने गरेको छ । नेपालले पनि भारतमा राजनीतिक नियुक्तिबाटै राजदूत पठाउने गरेको छ । भारतले कसलाई नेपालका लागि राजदूतको जिम्मेवारी दिने हो भन्ने खुलिसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप