नेपाली बजारमा भित्रियो आधुनिक किया के३ सेल्टोस, यस्ता छन् विशेषता र मूल्य
सारांश
- किया गाडीको नेपालका लागि एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले बहुप्रतीक्षित ‘अल न्यु किया के३ सेल्टोस’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
- तेस्रो पुस्ताको रूपमा आएको यस नयाँ सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमताका हिसाबले व्यापक अपग्रेडहरू समावेश गरिएको छ।
- नयाँ किया के३ सेल्टोसमा लेभल २ एडिएस, २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधाहरू, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता आधुनिक विशेषताहरू समावेश छन्।
काठमाडौँ । किया गाडीको नेपालका लागि एकमात्र आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले बहुप्रतीक्षित ‘अल न्यु किया के३ सेल्टोस’ नेपाली बजारमा सार्वजनिक गरेको छ।
कम्पनीले काठमाडौँको गैरीधारास्थित सिल्भर ओकमा एक विशेष समारोह आयोजना गरी उक्त आधुनिक एसयुभी बजारमा ल्याएको हो। तेस्रो पुस्ताको रूपमा आएको यस नयाँ सेल्टोसमा डिजाइन, सुरक्षा, प्रविधि, आराम र कार्यक्षमताका हिसाबले व्यापक अपग्रेडहरू समावेश गरिएको कम्पनीले जनाएको छ।
कियाको नयाँ के३ प्लेटफर्ममा निर्माण गरिएको यो एसयुभी पहिलेभन्दा ठूलो र बलियो बडी संरचनामा उपलब्ध छ। यसले गर्दा गाडीभित्र थप फराकिलो क्याबिन, उच्च स्तरको आराम र परिष्कृत ड्राइभिङ अनुभव प्राप्त हुने दाबी कम्पनीको छ। भारतमा रहेको कियाको अत्याधुनिक उत्पादन प्लान्टमा निर्माण गरिएको यो मोडल विश्वका ९० भन्दा बढी देशहरूमा निर्यात हुँदै आएको छ र यसले अन्तर्राष्ट्रिय बजारमा राम्रो पहिचान बनाएको छ।
नयाँ किया के३ सेल्टोसमा सुरक्षा र प्रविधिलाई विशेष प्राथमिकता दिइएको छ। यसमा ‘लेभल २ एडिएस’, २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधाहरू, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता आधुनिक विशेषताहरू समावेश छन्। यी सुविधाहरूले गर्दा यस गाडीलाई आफ्नो सेगमेन्टकै सबैभन्दा धेरै सुविधायुक्त एसयुभीमध्ये एक बनाएको छ। सुरक्षाकै कुरा गर्दा यसले ८१ मा ७६.७ अंक प्राप्त गर्दै ‘फाइभ–स्टार बीएनसीएपी’ सुरक्षा रेटिङ हासिल गरेको छ, जुन यस सेगमेन्टकै उत्कृष्ट सुरक्षा स्कोर हो।
गाडी सार्वजनिक गर्ने क्रममा किया नेपालकी कार्यकारी उपाध्यक्ष रेखा घिमिरेले नयाँ एसयुभीप्रति उत्साह व्यक्त गरिन्। कम्पनीका अनुसार यो नयाँ अल न्यु किया के३ सेल्टोसलाई बजारमा अघिल्लो पुस्ताको सेल्टोससँगै बिक्री गरिनेछ।
यसले गर्दा ग्राहकहरूलाई विभिन्न मूल्य र विशेषताहरूका आधारमा आफ्नो बजेट र रुचि अनुसार गाडी छनोट गर्ने फराकिलो विकल्प मिल्नेछ। नेपाली बजारका लागि यस गाडीको सुरुवाती मूल्य ६८ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने शीर्ष भेरियन्टको मूल्य ९५ लाख ९० हजार रुपैयाँसम्म रहेको छ।
विभिन्न चारवटा भेरियन्टमा उपलब्ध यो नयाँ एसयुभीको मूल्य सूची यसप्रकार छ:
- एचटीके (ओ): रु. ६८,९०,०००
- एचटीके (ओ) आइभिटी: रु. ७५,९०,०००
- एचटीएक्स (ए) आइभिटी: रु. ८५,९०,०००
- एक्स–लाइन (ए) ७डिसीटी: रु. ९५,९०,०००
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवल उपमहानगरको नीति तथा कार्यक्रम सर्वसम्मत पारित
-
काभ्रे बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त
-
हुम्ला–बाजुरा सीमा विवाद: आरोप–प्रत्यारोपका बिच कर्णाली करिडोर ठप्प, सर्वसाधारण मारमा
-
काभ्रे बस दुर्घटना अपडेट : मृतकसहित घाइतेहरूकाे पहिचान खुल्याे
-
धनकुटामा बस दुर्घटना, १२ जना घाइते
-
नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण