शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा अमिन पदमा कार्यरत यादव दोषी ठहर, १ करोड १२ लाख बिगो र कैद सजाय

शुक्रबार, २९ जेठ २०८३, १८ : ०८
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • विशेष अदालतले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा वाग्मती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा अमिन पदमा कार्यरत दिनेशप्रसाद यादवलाई दोषी ठहर गरेको छ ।
  • अदालतले यादवलाई १ वर्ष कैद र गैरकानुनी रूपमा आर्जन गरेको देखिएको १ करोड १२ लाख ७० हजार ६ सय ६८ रुपैयाँ ६२ पैसा बराबर नै जरिवाना हुने फैसला सुनाएको छ ।
  • यादवको वैध आयको तुलनामा १ करोड १२ लाख ७० हजार ६ सय ६८ रुपैयाँ ६२ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको र सो रकम गैरकानुनी रूपमा आर्जन गरेको अदालतको ठहर छ ।

काठमाडौँ । विशेष अदालतले गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा वाग्मती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा करारमा अमिन पदमा कार्यरत दिनेशप्रसाद यादवलाई दोषी ठहर गरेको छ । 

शेष अदालत काठमाडौँका अध्यक्ष  सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले उक्त फैसला सुनाएको हो ।

अदालतले यादवलाई १ वर्ष कैद र गैरकानुनी रूपमा आर्जन गरेको देखिएको १ करोड १२ लाख ७० हजार ६ सय ६८ रुपैयाँ ६२ पैसा बराबर नै जरिवाना हुने फैसला सुनाएको छ । साथै स्रोत नखुलेको बिगो बराबरको उनको घर तथा जग्गा लगायतका सम्पत्तिहरू जफत हुने फैसलामा उल्लेख छ । यादवले अपराध पीडित संरक्षण ऐन बमोजिम पीडित राहत कोषमा ४ लाख ५० हजार ८ सय २६ रुपैयाँ दाखिला गर्नुपर्ने छ ।

अदालतले यादवको जाँच अवधि (मिति २०६३/०५/०८ देखि २०८१/०३/३० सम्म) को समग्र आय र व्ययको विश्लेषण गरेको थियो । सो अवधिमा यादवको वैध आय ४ करोड २५ लाख ९२ हजार ९ सय ५१ रुपैयाँ ३० पैसा देखिएको छ भने उनको खर्च र लगानी (व्यय) ५ करोड ३८ लाख ६३ हजार ६ सय १९ रुपैयाँ ९२ पैसा पुगेको देखिएको छ । यसरी उनको वैध आयको तुलनामा १ करोड १२ लाख ७० हजार ६ सय ६८ रुपैयाँ ६२ पैसा बराबरको सम्पत्तिको स्रोत नखुलेको र सो रकम गैरकानुनी रूपमा आर्जन गरेको अदालतको ठहर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप