शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

फर्पिङका गोठाला दाइका आफ्नै व्यथा (तस्बिरहरू)

शनिबार, ३० जेठ २०८३, १० : ३८
शनिबार, ३० जेठ २०८३

सारांश

  • फर्पिङका खत्री दाइ विगत १० वर्षदेखि बाख्रापालनमा संघर्षरत छन्।
  • बढ्दो लागत, बजारको अभाव र सरकारी सहयोग नपुगेको कारण अहिले बाख्रापालनबाट फाइदा नभएको उनको गुनासो छ।
  • उनीजस्ता हजारौं किसानलाई टिकाइराख्न राज्यको प्रभावकारी सहयोग, सहज बजार पहुँच र पारदर्शी अनुदान प्रणाली आवश्यक छ।

काठमाडौँ । फर्पिङका काँस फुलेका र हरिया डाँडाकाँडा– पाखाहरूमा हरेक दिन बाख्राको बथानसँगै दिन बिताउँछन् खत्री दाइ । विगत १० वर्षदेखि बाख्राको गोठालो लागेका उनको हरेक दिन यही बथानसँग सुरु हुन्छ । दशकअघि ठुलो आशा बोकेर सुरु गरेको व्यावसायिक बाख्रापालन अहिले उनको लागि सङ्घर्षको पर्याय बनेको छ। पहिला करिब एक सयवटा बाख्रा पाल्ने गरेका उनी अहिले भने करिब २ दर्जन बाख्रा पालिरहेका छन् । 

“अहिले भने लागत धान्नै मुस्किल भएको छ । यो पालेर मलाई फाइदा भनेको बाख्राको मल मात्रै भयो, अरू केही छैन। सबै आफ्नै लगानी गरेर गरेँ। अहिले त धेरै गाह्रो भयो” उनी भन्छन् ।

अहिले उनको लागि बाख्रापालन आम्दानीभन्दा खर्च बढी छ । पशुचारा, मकैको पिठो र अन्य सामग्रीको मूल्य लगातार बढिरहँदा मार परेको उनी गुनासो गर्दै उनी भन्छन् “बजारमा बाख्राको भाउ छैन। बाख्रा पालेर टिक्नै नसकिने अवस्था भयो ।”

pherping goat (8)

राज्यले कृषकलाई सहयोग गर्ने घोषणा गरे पनि वास्तविक किसानसम्म नपुगेको उनको आरोप छ। “अनुदान आउँछ भने पनि पहुँच भएका र आफ्ना मान्छेलाई मात्रै आउँछ। हामीजस्ता साधारण किसानले केही पाउँदैनौँ,” खत्री दाइ भन्छन्।

बजारको अस्थिरताले उनको पीडा अझ बढाएको छ। एक समय राम्रो मूल्य पाइने आशामा पालेको बोका बेच्दा अपेक्षित आम्दानी नभएको उनी सुनाउँछन्। “दुई लाख रुपैयाँसम्म मूल्य पर्ने भनिएको बोका अन्ततः घाटामै बेच्नुपर्‍यो,” उनी भन्छन्।

pherping goat (2)

फर्पिङका यी गोठालाको कथा केवल एक व्यक्तिको कथा होइन। यो नेपालका हजारौँ साना पशुपालक किसानको साझा यथार्थ हो, जो मेहनत र लगानीका बाबजुद बढ्दो लागत, कमजोर बजार र अपर्याप्त सरकारी सहयोगका कारण निराश बन्दै गएका छन्।

pherping goat (3)

बाख्राको बथानसँगै पाखा चहार्ने यी गोठालाको जीवनमा अझै आशाको झिल्को बाँकी छ। तर उनीजस्ता किसानलाई टिकाइराख्न राज्यको प्रभावकारी सहयोग, सहज बजार पहुँच र पारदर्शी अनुदान प्रणाली आवश्यक रहेको उनको भनाइ छ।

pherping goat (5)pherping goat (6)pherping goat (7)pherping goat (9)pherping goat (10)pherping goat (11)pherping goat (12)pherping goat (13)pherping goat (14)pherping goat (15)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप