मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका थुनुवाको मृत्यु
सारांश
- सुर्खेतमा मोबाइल चोरी मुद्दामा प्रहरी हिरासतमा रहेका २१ वर्षीय सबीर बक्सको मृत्यु भएको छ ।
- स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएका बक्सलाई अस्पतालले मृत घोषणा गरेको हो ।
- मृतकको शव परीक्षणका लागि फरेन्सिक डाक्टर आउने प्रक्रियामा रहेको छ ।
सुर्खेत । सुर्खेतमा मोबाइल चोरी मुद्दामा हिरासतमा रहेका एका थुनुवाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० बस्ने २१ वर्षीय सबीर बक्सको प्रहरी हिरासतमै मृत्यु भएको हो ।
उनी मोबाइल चोरीको मुद्दामा जेठ २७ गतेदेखि प्रहरी हिरासतमा रहेका थिए । शुक्रबार हिरासतमा रहेका बेला स्वास्थ्यमा समस्या आएपछि उनलाई अपराह्न ४ बजे कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो ।
शनिबार बिहान ५:३२ बजे अस्पतालले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता कविन्द्रसिंह बोहोराले जानकारी दिए ।
मृतकको शव परीक्षणका लागि बाँकेबाट फरेन्सिक डाक्टर आउने प्रक्रियामा रहेको र त्यसपछि मात्र थप प्रक्रिया अघि बढ्ने बोहोराले जानकारी दिए ।
सबीर यसअघि पनि पटक–पटक चोरी मुद्दामा संलग्न रहेको र लागु औषध प्रयोगकर्ता समेत रहेको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
-
रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी, निर्वाचनबाट नयाँ नेतृत्व चयन हुने
-
४० हजार घुससहित मनाङका नायव सुब्बा पक्राउ
-
रास्वपा बागमतीको नेतृत्व चयन गर्न मतदान सुरु
-
पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ
-
पाल्पामा ८४२ एचआइभी सङ्क्रमित फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण