पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
शनिबार, ३० जेठ २०८३, १५ : ०४
इस्लामावाद । पाकिस्तानले गत हप्तामा मात्र ७६३ अफगान कैदीहरूलाई जेलबाट मुक्त गरेको जनाएको छ । यसैगरी तीन हजार ७०० अफगान शरणार्थीहरू एकै दिनमा पाकिस्तानबाट स्वदेश फर्केको अफगान अधिकारीहरूले शनिबार बताएका छन् ।
विभिन्न अभियोगमा पक्राउ परेका कैदीहरू दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा हुँदै अफगानिस्तानमा प्रवेश गरेको अधिकारीहरुले जनाएका छन् ।
अनुमानित ६० लाख अफगानीहरू विदेशमा रहेका छन्, जसमध्ये अधिकांश छिमेकी पाकिस्तान र इरानमा छन् भने पछिल्लो समयमा दुवै देशले कागजातविहीन विदेशी नागरिकहरूलाई आफ्नो घर फर्कन दबाब बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हिरोइनसहित बिर्तामोडबाट एक जना पक्राउ
-
लागूऔषधसहित १३ जना पक्राउ
-
छोटो समयमा नै बालेन सरकारप्रति जनतामा निराशा चुलियो : प्रभु साह
-
बस्ती खाली गराउने क्रममा भएका त्रुटिलाई सरकारले सच्याउनुपर्छ : गगन थापा
-
भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण