भारतले सीमावर्ती क्षेत्रको जनसङ्ख्याको अवस्थाबारे अध्ययन गर्ने
सारांश
- भारतका गृहमन्त्री अमित शाहले सीमावर्ती क्षेत्रमा भइरहेको जनसांख्यिकीय परिवर्तनको वैज्ञानिक अध्ययन गर्न सम्बन्धित आयोगलाई निर्देशन दिएका छन् ।
- मन्त्री शाहले सीमावर्ती क्षेत्रमा मात्र नभई प्रमुख महानगर र औद्योगिक सहरहरूमा समेत जनसांख्यिकीय संरचनाको अवस्था जटिल बन्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् ।
- भारत सरकारले सीमा क्षेत्रमा अवैध बसाइँसराइ र जनसांख्यिकीय असन्तुलनलाई राष्ट्रिय सुरक्षासँग जोडेर हेरेको छ ।
काठमाडौँ । भारतका गृहमन्त्री अमित शाहले सीमावर्ती जिल्लाहरूमा भइरहेको जनसांख्यिकीय परिवर्तनको अवस्थाबारे विशेष चासो राखेका छन् ।
जनसांख्यिकीय परिवर्तनसम्बन्धी एक उच्चस्तरीय बैठकको आज अध्यक्षता गर्दै मन्त्री शाहले सीमावर्ती क्षेत्रहरूमा भइरहेको जनसङ्ख्याको बनोटमा आएको परिवर्तनको वैज्ञानिक अध्ययन गर्न सम्बन्धित आयोगलाई निर्देशन दिएका हुन् । नेपाल–भारतबिच सीमा विवाद भइरहेको बेला गृहमन्त्री शाहको यस्तो निर्देशन आएको हो ।
बैठकमा मन्त्री शाहले सीमावर्ती क्षेत्रमा मात्र नभई प्रमुख महानगर र औद्योगिक सहरहरूमा समेत जनसांख्यिकीय संरचनाको अवस्था जटिल बन्दै गएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेको भारतीय सञ्चारमाध्यममले जनाएको छ । उनले आयोगका अधिकारीहरूलाई ती क्षेत्रहरूको यथार्थ अवस्थाको मूल्याङ्कन गरी त्यसको स्थलगत भ्रमणमा गर्न निर्देशन दिएका छन् ।
आयोगले तयार गर्ने प्रतिवेदनले आउने दिनमा लिइने नीतिगत निर्णय तथा राष्ट्रिय सुरक्षाको रणनीतिमा महत्त्वपूर्ण हुने बताइएको छ । भारत सरकारले सीमा क्षेत्रमा अवैध बसाइँसराइ र जनसांख्यिकीय असन्तुलनलाई राष्ट्रिय सुरक्षासँग जोडेर हेरिरहेको छ । स्थलगत अध्ययनपश्चात् आउने प्रतिवेदनका आधारमा आगामी दिनमा थप कदम चालिने स्रोतहरुले जनाएका छन् ।
भारतसँग नेपाल, बङ्गलादेश, पाकिस्तान, चीन, भुटान, अफगानिस्तान र म्यानमारको सीमा जोडिएको छ । सबैभन्दा बढी बङ्गलादेशसँग जोडिएको छ । नेपालसँग मात्र भारतको खुल्ला सीमा रहेको छ । नेपालसँग खुल्ला सीमा भएका कारण घुसपैठ हुने गरेको र नेपालका मान्छेहरू भारतमा घरजम गरेर बस्ने गरेको रिपोर्ट गरिएको छ । सोही क्रममा भारतले सीमावर्ती क्षेत्रमा अध्ययन गराउन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण