आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि

आइतबार, ३१ जेठ २०८३, १० : १०
आइतबार, ३१ जेठ २०८३

सारांश

  • न्युयोर्क निक्सले ५३ वर्षपछि एनबीए उपाधि जितेको छ ।
  • निक्सले एनबीए फाइनलको पाँचौँ खेलमा सान एन्टोनियो स्पर्सलाई ९४-९० ले पराजित गर्दै शृङ्खला ४-१ ले जित्यो ।
  • यो निक्सको तेस्रो एनबीए उपाधि हो, यसअघि टोलीले सन् १९७० र १९७३ मा उपाधि जितेको थियो ।

न्युयोर्क  । न्युयोर्क निक्सले ५३ वर्षको उपाधि खडेरी अन्त्य गर्दै एनबीए च्याम्पियनको उपाधि जितेको छ । शनिबार सम्पन्न एनबीए फाइनलको पाँचौँ खेलमा सान एन्टोनियो स्पर्सलाई ९४–९० ले पराजित गर्दै निक्सले सात खेलको शृङ्खला ४–१ ले आफ्नो पक्षमा पारेको हो ।

फ्रोस्ट बैंक सेन्टरमा भएको खेलअघि निक्स शृङ्खलामा ३–१ ले अगाडि रहेको थियो । उसलाई उपाधि जित्न उसलाई केवल एक जित आवश्यक थियो । पाँचौँ खेलमा निक्सले उत्कृष्ट प्रदर्शन गर्दै स्पर्सलाई पराजित गरेपछि टोलीले इतिहास रच्न सफल भयो ।

यो न्युयोर्क निक्सको इतिहासमा तेस्रो एनबीए उपाधि हो । यसअघि निक्सले सन् १९७० र १९७३ मा विजेता बनेको थियो । त्यसयता पाँच दशकभन्दा बढी समय उपाधिविहीन रहेको टोलीले अन्ततः लामो प्रतीक्षाको अन्त्य गरेको छ । उपाधि जितेसँगै न्युयोर्कका समर्थकहरूले ५३ वर्षपछि च्याम्पियन बनेकोमा खुसी मनाएका छन् ।

एनबीए उत्तर अमेरिकाको सबैभन्दा प्रतिष्ठित बास्केटबल लिग हो, जसमा अमेरिका र क्यानडाका ३० टोली सहभागी हुन्छन् । यसमा नियमित सिजन र त्यसपछि हुने प्लेअफ चरण पार गरेपछि दुई उत्कृष्ट टोलीबिच फाइनल शृङ्खला खेलाइन्छ । फाइनलमा सात खेलसम्मको शृङ्खलामा चार खेल जित्ने टोली एनबीए च्याम्पियन बन्छ ।

यस सन्दर्भमा, न्युयोर्क निक्सले फाइनलमा क्बल अन्टोनियो स्पर्सलाई ४–१ ले पराजित गर्दै २०२६ को एनबीएको उपाधि उचालेको हो ।

विश्वकप फुटबल २०२६को सह–आयोजक अमेरिकामा अहिले पनि फुटबल बास्केटबलसँग पहिचानको लागि संघर्षरत छ । त्यहाँ बास्केटबल नै अत्यधिक लोकप्रिय छ । ५३ वर्ष पछि न्युयोर्क निक्सले उपाधि जित्दै गर्दा अमेरिकाको न्युयोर्कमा विश्वकपको चर्चा शुन्य प्राय: थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप