हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वभाव र कार्यशैलीबारे धारणा सार्वजनिक गरेका छन् । हप्ताभर काम गरेपछि बिदाको दिनमा आफू केही अनौपचारिक हुने वा जिस्किने गरेको उल्लेख गर्दै उनले यसलाई समस्याको रूपमा नलिन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री शाहले फेसबुकमा लेखेका छन् , ‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन ! दुख त्यो दिन मान्नु, जुन दिन म जिस्किन छोड्छु !’
पछिल्लो समय सामाजिक सञ्जालमा प्रधानमन्त्रीले आफ्नो पदको गरिमा कायम नगरेको भन्दै उनले लेख्ने विषयहरूमाथि बहस र चर्चा हुने गरेको थियो । सोही चर्चाका बिच प्रधानमन्त्री शाहले आफू जिस्किन छोडेको दिन मात्र चिन्ता गर्नुपर्ने बताएका हुन् ।
उनले आजै दुई मन्त्रीलाई अँगालो मारेको तस्बिर सार्वजनिक गर्दै उनीहरूलाई ‘देश बनाउने टोली’ लेखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
-
अमेरिका र इरानबिच युद्धविरामको सहमति : शुक्रबार औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम
-
राष्ट्रिय सभामा बजेटमाथिको छलफल जारी : आज अर्थमन्त्री वाग्लेले जवाफ दिने
-
प्रतिनिधि सभा बैठक बस्दै, ९ मन्त्रालयको बजेटमाथि छलफल हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण