निर्माण व्यवसायीविरुद्ध मन्त्रीले दिएको अभिव्यक्ति प्रति सांसद स्वारकाे आपत्ति
सारांश
- सांसद भरत बहादुर स्वारले मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीका विरुद्ध दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् ।
- उनले निर्माण व्यवसायी र यातायात व्यवसायीका समस्यालाई राष्ट्रिय समस्याका रूपमा सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
- सांसद स्वारले यी दुई क्षेत्रका समस्या समाधान नहुनु भनेको देशको विकास प्रक्रिया नै अवरुद्ध हुनु भएको बताएका हुन् ।
काठमाडौँ । सांसद भरत बहादुर स्वारले मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीका विरुद्ध दिएको अभिव्यक्ति उनले आपत्ति जनाएका छन् ।
पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद स्वारले निर्माण व्यवसायी र यातायात व्यवसायीका समस्यालाई राष्ट्रिय समस्याका रूपमा सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेका छन् । सांसद स्वारले यी दुई क्षेत्रका समस्या समाधान नहुनु भनेको देशको विकास प्रक्रिया नै अवरुद्ध हुनु भएको बताएका हुन् ।
सांसद स्वारले निर्माण व्यवसायी र यातायात व्यवसायीहरूलाई राज्यको महत्त्वपूर्ण खम्बाको रूपमा चित्रण गरे। उनले भने, 'निर्माण व्यवसायी र यातायात व्यवसायीहरू पनि यही देशका नागरिक हुन् । उनीहरूको काममा बाधा पुग्नु वा समस्या आउनु भनेको देशकै विकासमा बाधा पुग्नु हो । त्यसैले उनीहरूको मनोबल बढाउनु सरकारको प्राथमिक कर्तव्य हुनुपर्छ ।'
सांसद स्वारले निर्माण व्यवसायी र यातायात क्षेत्रका समस्याहरूलाई ससाना विषय भनेर पन्छाउन नमिल्ने बताए । उनले थपे, 'निर्माण व्यवसायी र यातायात व्यवसायीका समस्याहरू केवल उनीहरूका मात्र समस्या होइनन्, यी देशकै समस्या हुन् । सरकारले यिनको दीर्घकालीन समाधानका लागि उचित पहल गर्नुपर्छ र यसलाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।'
सांसद स्वारले पूर्वाधार विकास समितिमा आउने यी क्षेत्रका समस्याहरूलाई केबल छलफलमा मात्र सीमित नराखी मन्त्रालयमार्फत तत्काल कार्यान्वयनको चरणमा लैजानुपर्नेमा जोड दिए । उनले सम्बन्धित मन्त्रालयका अधिकारीहरूलाई जिम्मेवार बन्न निर्देशन दिँदै समस्या समाधानका लागि हरेक बैठकमा ठोस कार्यसूची तय गर्नुपर्नेसमेत सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
-
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन
-
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण