जवाफका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न प्रतिपक्षी सांसदको माग
सारांश
- नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् ।
- प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे सभामुखले जवाफका लागि रुलिङ गर्न र उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरेका छन् ।
- अर्का सांसद टुकाभद्र हमालले पनि प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे संसदमा जवाफ दिन माग गरिन् ।
काठमाडौँ । नेकपाका सांसद प्रमेश हमालले प्रधानमन्त्री बालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्ति फिर्ता लिनुपर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठक सुरु हुनेवित्तिकै प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको प्रतिपक्षी सांसदहरू उठेर विरोध गरेका थिए ।
प्रतिपक्षी सांसदहरूले विरोध गरेपछि सभामुख डीपी अर्यालले नेकपाका सांसद हमाललाई बोल्न समय दिएका थिए ।
सभामुखले समय दिएपछि हमालले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आफूहरूको विरोध कायमै रहेको भन्दै उक्त अभिव्यक्तिबारे सभामुखले जवाफका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरे । साथै उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे ।
त्यस्तै उनले पराराष्ट्रमन्त्री चीन भ्रमणमा रहेका बेला लिपुलेकबारे त्यहाँ कुरा भयो कि भएन भनेर प्रश्न गरे । साथै उनले दार्चुलामा भारतीय सेनाको हेलिकोप्टर अनुमति विनै उडेको, नेपाली चिया उद्योग बन्द भएको लगायतका विषयमा सरकारले कूटनीतिक माध्यममार्फत समस्याहरू समाधान गर्नुपर्ने बताए । अर्का सांसद टुकाभद्र हमालले पनि प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे संसदमा जवाफ दिन माग गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह
-
इरान भन्छ– युद्ध अन्त्य नै प्रमुख सर्त
-
युद्ध अन्त्य गर्न जेलेन्स्कीले पुटिनसँग भेटवार्ताका लागि राखे प्रस्ताव
-
सात प्रदेशको कुल बजेट संघीय बजेटको १४ प्रतिशतभन्दा कम, त्यसमा पनि केन्द्रकै तजबिजी
-
राप्ती प्रादेशिक अस्पताल र थारू राजा दङ्गीशरणको इतिहास संरक्षण गर्न चार करोड विनियोजन
-
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण