सरकारले खोज र नवप्रवर्तनमा विनियोजन गरेको बजेट पर्याप्त भएन: सांसद बराल
सारांश
- नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले सामुदायिक विद्यालयमा ११ र १२ मा विज्ञान सङ्काय पढाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
- उनले विज्ञान र प्रविधिलाई प्रबलीकरण गर्न पूर्वाधार पर्याप्त नभएको र सरकारले खोज र नवप्रवर्तनमा पर्याप्त बजेट विनियोजन नगरेको बताए ।
- सांसद बरालले मुलुकको आर्थिक अवस्था उकास्न विज्ञान र प्रविधिको विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
काठमाडौँ । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले हरेक स्थानीय तहमा सरकारले सामुदायिक विद्यालय तर्फ ११ र १२ मा विज्ञान सङ्काय पढाउने व्यवस्था गर्नु पर्ने बताएका छन् ।
प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेट छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले विज्ञान र प्रविधिलाई प्रबलीकरण गर्नको लागि अहिलेसम्म बनेका पूर्वाधारहरू पर्याप्त नभएको बताए । उनले भने,‘ यसको लागि सरकारले पर्याप्त बजेट विनियोजन गर्न आवश्यक थियो । तर अहिलेको बजेट अत्यन्तै न्यून रहेको छ । ४ अर्बको बजेट विनियोजन भएको छ ।’
उनले साधारण खर्चमा बढी देखिए पनि खोज र नवप्रवर्तनमा पर्याप्त बजेट विनियोजन नभएको बताए । उनले सरकारले विज्ञान र प्रविधिमा धेरै मेहनत र लगानी गर्नु पर्ने आवश्यकता रहेको उल्लेख गरे ।
उनले मुलुकको आर्थिक अवस्थालाई माथि उठाउनको लागि विज्ञान र प्रविधिको विकासले आधारशिला खडा गर्ने भन्दै त्यसमा सरकारले ध्यान दिन आवश्यक रहेको बताए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण