सुकुमबासीहरूलाई वैकल्पिक बसोबाससहित शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न प्रलाेपाकाे माग
सारांश
- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सुकुमबासी नागरिकहरूलाई वैकल्पिक बसोबाससहित शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरेको छ ।
- पार्टीले होल्डिङ सेल्टरमा राखिएका नागरिकहरूलाई सरकारले खानपिन समेत व्यवस्था नगरेको भन्दै राज्यको अमानवीय र गैरजिम्मेवार कार्यको निन्दा गरेको छ ।
- यसअघि होल्डिङ सेल्टरमा न्यूनतम मानवीय व्यवहार नहुँदा तीन जना सुकुमबासीको ज्यान गइसकेको र खानपिनको व्यवस्था नहुँदा उनीहरू आन्दोलित भएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सुकुमबासी नागरिकहरूलाई वैकल्पिक बसोबाससहित शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न माग गरेको छ ।
पार्टीका प्रवक्ता लक्ष्मी गुरुङले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सुकुमबासी नागरिकहरूलाई वैकल्पिक बसोबाससहित शिक्षा, स्वास्थ्य र रोजगारीको व्यवस्था गर्न जोडदार माग गरेकी हुन् ।
गत आइतबार (असार १) देखि काठमाडौँको कीर्तिपुरस्थित होल्डिङ सेल्टरमा राखिएका नागरिकहरूलाई सरकारले दैनिक खानपिन समेत व्यवस्था नगरेको भन्दै राज्यको यस प्रकारको अमानवीय र गैरजिम्मेवार कार्यको निन्दा प्रलोपाले निन्दा समेत गरेको छ ।
‘सुकुमबासीहरूलाई होल्डिङ सेल्टरको नाममा काठमाडौँका विभिन्न ठाउँमा राखिएको छ । यसरी राखिएका नागरिकहरूलाई सरकारले न्यूनतम मानवीय व्यवहार नगर्दा यस अघि नै तीन जना सुकुमबासी नागरिकको ज्यान गइसकेको छ,’विज्ञप्तिमा भनिएको छ,‘कीर्तिपुरको होल्डिङ सेल्टरमा राखिएका नागरिकहरू लाई सरकारले दैनिक खानपिन समेत व्यवस्था नगरेका कारण सुकुमबासीहरू आन्दोलित भएको दृश्य राष्ट्रिय लज्जाको विषय बनेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण