मेक्सिको विश्वकप २०२६ को नकआउट चरणमा पुग्ने पहिलो टोली
सारांश
- मेक्सिकोले फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ए' को खेलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
- सह-आयोजक राष्ट्र मेक्सिको लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने प्रतियोगिताकै पहिलो टोली बनेको छ।
- खेलमा मेक्सिकोलाई जित दिलाउन लुइस रोमोले ५०औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो।
काठमाडाैँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा मेक्सिकोले दक्षिण कोरियालाई १–० ले पराजित नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।
सह–आयोजक राष्ट्र मेक्सिको लगातार दोस्रो जित निकाल्दै नकआउट चरणमा पुग्ने प्रतियोगिताकै पहिलो टोली बनेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा मेक्सिकोलाई जित दिलाउन लुइस रोमोले ५०औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

दक्षिण कोरियाका लागि भने यो हारले नकआउट चरणको सम्भावना जटिल बनाएको छ। अब उसले अन्तिम खेलमा दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्नुपर्ने दबाबमा परेको छ।
समूहका अन्य दुई टोलीहरू चेक रिपब्लिक र दक्षिण अफ्रिकाको २-२ खेलबाट समान १-१ अङ्क मात्र रहेको छ ।
बाँकी एक खेलमा हार बेहोरे पनि मेक्सिको समूहको शीर्ष दुईभित्रै रहने निश्चित भएकाले अर्को चरणमा पुगिसकेको छ । अब समूहको दोस्रो टोलीका रूपमा अर्को चरण पुग्न दक्षिण कोरिया, चेक रिपब्लिक र दक्षिण अफ्रिकाबिच अन्तिम खेलमा कडा प्रतिस्पर्धा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा तोकियो पेसी
-
शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या तीन सयभन्दा बढी, व्यवस्थापन चुनौतीपूर्ण
-
सामुदायिक विद्युतीकरण विस्तारमा समस्या
-
दादुराको उच्च जोखिम रहेका जिल्लामा खोप अभियान
-
नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री पुग्ने, धनकुटा र विराटनगरमा झरी
-
ट्राफिक कारबाहीबाट २४ घण्टामा २२ लाख ३९ हजार राजस्व दाखिला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण