पूर्वमन्त्री खरेलको पार्थिव शरीर कांग्रेस मुख्यालयमा
सारांश
- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय सानेपामा पुर्याइएको छ ।
- दम बढेर ८० वर्षीय खरेलको आइतबार राति निधन भएको थियो ।
- खरेलको अन्तिम संस्कार आज दिउँसो १ बजे पशुपति आर्यघाटमा गरिने छ ।
काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको पार्थिव शरीर नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पुर्याइएको छ । दम बढेर बानेश्वरको फ्रन्टलाइन अस्पतालमा उपचाररत ८० वर्षीय खरेलको आइतबार राति पौने १० बजे निधन भएको हो ।
२००३ सालमा काभ्रेको खरेल थोकमा जन्मिएका खरेलको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालयमा पुर्याइएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।
सभापति गगन थापा कार्यालयमा पुगेर अन्तिम श्रद्धाञ्जली दिएपछि त्यहाँबाट अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा पुर्याइने तय भएको छ । खरेलका पुत्र पाँचखाल नगरका नगरप्रमुख एवं कांग्रेस काभ्रे क्षेत्र नं २ का सभापति महेश खरेलले दिउँसो १ बजे आर्यघाटमा अन्तिम संस्कार गर्ने तय भएको जानकारी दिए ।
खरेल २०३६ सालको जनमत संग्रह, २०४२ को सत्याग्रह, २०४६ को जनआन्दोलन र ०६२/२०६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका थिए ।
कांग्रेस नेताहरू बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह लगायतसँग काम गरेका खरेलले २०५६ मा काभ्रेबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । त्यो बेलामा उनी शिक्षा राज्यमन्त्री र महिला बालबालिका तथा समाज कल्याण मन्त्री बनेर काम गरेका थिए ।
केही समय कांग्रेस पार्टी कार्यालय बनाउन नसक्दा खरेलले पार्टी कार्यालय राख्नका लागि घर दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
-
कर्णालीमा बेपत्ता युवक खोज्न गोताखोर परिचालन
-
परीक्षामा धाँधली रोक्न भारत सरकारले लगाएको टेलिग्राम प्रतिबन्ध फुकुवा
-
कीर्तिमानी मूल्यका ऋषभ पन्तले तलब घटाएर रोजे पुरानै टोली, कुलदीपसँग भयो साटासाट
-
त्रिवि केन्द्रीय क्याम्पसमा पोस्टर प्रदर्शन, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण