सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

स्वास्थ्यलाई कुन बढी फाइदाजनक, ग्रिन टी कि कालो चिया ?

सोमबार, ०८ असार २०८३, १४ : २९
सोमबार, ०८ असार २०८३

सारांश

  • ग्रिन टी र कालो चिया दुवैमा पाइने पोलिफेनोलले शरीरमा फ्री रेडिकलहरूसँग लड्न मद्दत गर्छ।
  • ग्रिन टीमा पाइने क्याटेचिनले रगतमा चिनी नियन्त्रण गर्न र इन्सुलिन उत्पादन सुधार गर्न मद्दत गर्छ।
  • कालो चियामा हुने थेफ्लेभिन र थेरुबिगिनले मुटुको स्वास्थ्य सुधार गर्न र सुन्निने कम गर्न सक्छन्।

काठमाडौँ । चिया संसारको सबैभन्दा लोकप्रिय पेय पदार्थ हो । धेरै मानिसको बिहान चियाको एक चुस्कीबिना सुरु नै हुँदैन । यसको स्वाद र स्फूर्तिदायी सुगन्धबाहेक चियालाई स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ ।

हाम्रो शरीरका लागि ग्रिन टी र कालो चियामध्ये कुन बढी फाइदाजनक हुन्छ ? रगतमा चिनी नियन्त्रण गर्नेदेखि मुटुको स्वास्थ्य र तौल व्यवस्थापनसम्म दुवै चियाका आ–आफ्नै फाइदाहरू छन् ।

वैज्ञानिकहरूका अनुसार ग्रीन टी र कालो चिया दुवैमा पोलिफेनोल भन्ने रूखबाट पाइने प्राकृतिक तत्त्वहरू पाइन्छ । यी यौगिकहरूले शरीरमा बन्ने हानिकारक फ्री रेडिकलहरूसँग लड्न मद्दत गर्छन् । फ्री रेडिकलहरूले कोषलाई क्षति पु‍र्‍याउँछन् र लामो समयसम्म धेरै रोगहरूको जोखिम बढाउन सक्छन् ।

ग्रीन टीका फाइदाहरू

ग्रीन चियामा पोलीफोनल पोलिफेनोलको विशेष श्रेणी क्याटेचिन उच्च मात्रामा पाइन्छ । क्याचेटिनले सुन्निएको कम गर्न र शरीरमा ग्लुकोजको उपयोग सुधार्न मद्दत गर्दछ । ग्रीन टी प्रायः रगतमा चिनी नियन्त्रण गर्न बढी प्रभावकारी मानिन्छ । क्याटेचिन र अन्य एन्टिअक्सिडेन्टहरूले शरीरको इन्सुलिन उत्पादनमा सुधार गर्ने धेरै अध्ययनहरूले पत्ता लगाएका छन् ।

इन्सुलिन हर्माेन हो, जसले रगतमा भएको चिनीलाई कोशिकाहरूसम्म पुर्‍याउने काम गर्दछ । जब शरीरले इन्सुलिनलाई राम्रोसँग प्रयोग गर्न सक्दैन, रगतमा चिनीको मात्रा बढ्छ । यसमा भएका यौगिकहरूले यो प्रक्रियालाई सुधार गर्न मद्दत गर्दछ, जसबाट रगतमा चिनीको स्तर नियन्त्रण गर्न मद्दत मिल्छ । कालो चियाका अन्य फाइदाहरूमा तौल नियन्त्रण, मेटाबोलिजममा सुधार र मुटुको स्वास्थ्य समावेश छ ।

कालो चिया पिउनुका फाइदाहरू

कालो चियामा एन्टिअक्सिडेन्टहरू पनि प्रशस्त हुन्छन् । यसमा थेफ्लेभिन र थेरुबिगिन जस्ता यौगिकहरू हुन्छन्, जुन चियाको पातहरूको अक्सिडेशनको क्रममा बन्छन् ।  यी यौगिकहरूले मुटुको स्वास्थ्य सुधार गर्न, सुन्निएको कम गर्न र शरीरका कोशिकाहरूलाई क्षतिबाट बचाउन सक्ने चिकित्सा अनुसन्धानले सुझाव दिन्छन् । कालो चियाको नियमित सेवनले रगतमा चिनी नियन्त्रण गर्न मद्दत गर्न सक्ने, तर यसको प्रभाव ग्रीन टीको  तुलनामा अलि कम स्पष्ट देखिने बताइएको छ । 

चिया तयार गर्ने सही तरिका के हो ?

चिया पिउने तरिकाले पनि यसको फाइदालाई असर गर्छ । विज्ञहरूका अनुसार ग्रिन टी धेरै उमाल्नु हुँदैन । यसलाई मनतातो पानीमा केही मिनेट भिजाउँदा यसको सक्रिय तत्त्वहरू सुरक्षित रहन्छ । अर्काेतर्फ, कालो चियालाई यसको स्वाद र गुणहरू पूर्ण रूपमा मुक्त गर्न लामो समयसम्म तातोपानीमा भिजाइन्छ । दुवै प्रकारको चिया चिनीबिना नै सेवन गर्नुपर्छ । धेरै चिनी हालेर खाँदा रगतमा चिनी नियन्त्रणसँग सम्बन्धित सम्भावित फाइदाहरू निकै कम हुन सक्छन् ।

(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप