हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति
सोमबार, ०८ असार २०८३, २२ : ४३
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा यस वर्ष संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययन गर्ने २२२ जना विद्यार्थीले छात्रवृत्ति पाउने भएका छन् ।
उपमहानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन आह्वान गरेकामा ८९६ जना विद्यार्थीको आवेदन परेको शिक्षा विकास महाशाखा प्रमुख हरिश्चन्द्र सापकोटाले जानकारी दिए ।
आवेदन दिएका विद्यार्थीका लागि छात्रवृत्तिको परीक्षा सञ्चालन गरी संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि, २०८३ अनुसार २२२ जनालाई सिफारिस गरिएको उनले बताए ।
सिफारिस गरिएकामध्ये १०४ जना मकवानपुर जिल्ला बाहिरका विद्यार्थीहरू रहेका शिक्षा महाशाखाले जनाएको छ । संस्थागत विद्यालयले विद्यार्थी सङ्ख्याका आधारमा १० देखि १५ प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सकहरू विदेश पलायन हुने क्रम तीव्र, सन् २०२० यता ११ हजारभन्दा बढी बाहिरी मुलुकतर्फ
-
ई–पासपोर्ट छपाई प्रकरण : राहदानी विभागका महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
-
कफीखेतीबाट बदलिँदै भोजपुरका किसानको जीवनस्तर
-
अमेरिकाले इरानमाथिको तेल प्रतिबन्ध बनायो खुकुलो
-
कतारको ग्यास प्रशोधन केन्द्रमा भएको विस्फोटमा मर्नेमा १२ जना भारतीय नागरिक
-
ठेक्कापट्टाको ढिलासुस्ती र ‘लो बिडिङ’ अन्त्य गर्ने गरी सार्वजनिक खरिद ऐन संशोधन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण