बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

रौतहटमा चोरी भएको ३० मिनेट भित्रै मोटरसाइकलसहित २ जना पक्राउ

बुधबार, १० असार २०८३, ०८ : २२
बुधबार, १० असार २०८३

सारांश

  • रौतहटको गरुडा नगरपालिकामा चोरी भएको २२० सिसिको पल्सर मोटरसाइकल ३० मिनेटमै प्रहरीले बरामद गरेको छ।
  • प्रहरीले मोटरसाइकलसहित गढीमाई नगरपालिकाका अनिल कुमार साह र राम नारायण यादवलाई पक्राउ गरेको छ।
  • मंगलबार बेलुकी चोरी भएको उक्त मोटरसाइकल धरमपुर गाउँको पुलबाट निस्किने क्रममा नियन्त्रणमा लिइएको थियो।

रौतहट । रौतहटको गरुडा नगरपालिका–४ स्थित २२० सिसीको पल्सर मोटरसाइकल चोरी भएको ३० मिनेट भित्रै प्रहरीले मोटरसाइकलसहित  दुई जना चोरलाई पक्राउ गर्न सफल भएको छ।

पक्राउ पर्नेमा  गढीमाई नगरपालिका ६ बस्ने वर्ष २० काअनिल कुमार साह र सोही ठाउँका वर्ष २० का राम नारायण यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकर प्रसाद आचार्यले बताएका छन्।

मंगलबार बेलुकी साढे ६ बजे गरुडा नगरपालिका ४ स्थित घर अगाडी पार्किङ्ग गरि राखेको बा.प्र.०२-०४१ प ३८४९ नम्बरको २२० सिसी को पल्सर मोटरसाइकल चोरी भएको थियो।

चोरी भएको खबर प्राप्त हुनसाथ  गढीमाई नगरपालिका ६ स्थित प्रहरी चौकी धर्मपुरबाट खटिएको  टोलीले धरमपुर गाउँबाट निस्किने एकमात्र पुलको निगरानी गर्दै तत्कालै चेकजाँच गर्दा ७  बजे चोरीको उक्त मोटरसाइकलसहित आरोपी दुवै जनालाई नियन्त्रणमा लिएको डीएसपी आचार्यले जानकारी दिएका छन्।

पक्राउ परेका दुवै जना आरोपी इलाका प्रहरी कार्यालय गरुडाका नियन्त्रणमा रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप