मदन भण्डारी कप भलिबल : टिप टप न्यु डायमन्ड र न्यु डायमन्ड एकेडेमी फाइनलमा
सारांश
- टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमी मदन भण्डारी कप यु-१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
- दुवै टोलीले आ-आफ्ना सेमिफाइनल खेलहरूमा जित हासिल गर्दै उपाधि भिडन्त पक्का गरेका हुन्।
- प्रतियोगिताको विजेताले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
काठमाडौँ। टिप टप न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र न्यु डायमन्ड एकेडेमी मदन भण्डारी कप यु–१९ विद्यालयस्तरीय बागमती प्रदेश छात्रा भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको कोर्टमा मंगलबार भएका आ–आफ्ना सेमिफाइनल खेलहरू जित्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन्।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा टिप टप न्यु डायमन्डले गणेश हिमालमाथि २५–१८, २५–१० र २५–७ को सोझो सेटमा सहज जित निकाल्यो। यसैगरी अर्को सेमिफाइनल प्रतिस्पर्धामा न्यु डायमन्ड एकेडेमीले हेलम्बुको सरस्वती स्कुललाई सीधा सेटमा २५–१७, २५–१२ र २५–१० ले पाखा लगाउँदै फाइनलको यात्रा तय गर्यो। दुवै न्यु डायमन्डबीचको फाइनल खेल बुधबार हुनेछ।
प्रतियोगिताको शीर्ष चार स्थानमा रहने टोलीहरूले क्रमशः १ लाख, ५० हजार, ३० हजार र १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। विधागततर्फ प्रतियोगिताका उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पुरस्कार पाउने छन् भने उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर, सर्भर र प्रशिक्षकलाई जनही ५ हजार रुपैयाँ नगदबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी फेरि नयाँ तालिका
-
अमेरिकी सम्झौतामा क्षेप्यास्त्र कार्यक्रम समावेश छैन : पेजेशकियन
-
रास्वपा महाधिवेशन : ८० विद्युतीय उपकरणबाट मतदान
-
पुनः सञ्चालनमा आयो बौद्धस्थित भाट–भटेनी सुपर स्टोर (तस्बिरहरु)
-
स्ट्रेट अफ होर्मुजमा अलपत्र नाविकहरूको यूएनले उद्धार गर्ने
-
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पदमा ३ जनाको नाम सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण