प्रतिष्ठानमा एक महिनामा १ सय ४९ महिलाले पाए निःशुल्क प्रसूति सेवा
सारांश
- दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चालू आर्थिक वर्षको एक महिनामा १ सय ४९ जना महिलाले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका छन् ।
- जेठ महिनाको तथ्याङ्क अनुसार १ सय ३६ महिलाले शल्य चिकित्सा सेवाबाट सुरक्षित सुत्केरी सेवा पाएका हुन् ।
- यस अवधिमा ५ वटा एमभीए, ६ वटा एक्टोपिक गर्भसम्बन्धी शल्यक्रिया र १ वटा मोलार गर्भसम्बन्धी शल्यक्रिया पनि सम्पन्न गरिएको छ ।
दाङ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आमा सुरक्षा कार्यक्रम निशुल्क रुपमा सञ्चालनमा आएपछि प्रतिष्ठानको प्रसूति सेवा थप प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानले चालू आर्थिक वर्षको एक महिनामा १ सय ४९ जना महिलाले निःशुल्क प्रसूति सेवा प्राप्त गरेका हुन ।
प्रसूति सेवा प्राप्त गर्नेहरूको सङ्ख्या जेठ १ गतेदेखि ३१ गतेसम्मको हो । प्रतिष्ठानका प्रसूति रोग विशेषज्ञ प्राध्यापक डा. वसन्त लामिछाने नेतृत्वमा अन्य प्रसूति रोग विशेषज्ञ चिकित्सकको सहभागितामा निःशुल्क प्रसूति सेवा अस्पतालमा प्रदान हुँदै आएको छ ।
आमा सुरक्षा कार्यक्रम निशुल्क रुपमा सञ्चालन भएपछि प्रतिष्ठानमा निःशुल्क प्रसूति गराउन आउने महिलाहरू अहिले सेवा पाउँदा खुसी भएका छन् । प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख, निर्देशक तथा सह–प्राध्यापक डा.सुरेश रसाइलीले प्रतिष्ठानमा सञ्चालित निःशुल्क प्रसूति सेवाले बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको बताए ।
प्रतिष्ठानले दिएको जानकारी अनुसार प्रतिष्ठानमा प्रसूति सेवा निःशुल्क भएपछि एक महिनाको अवधिमा शल्य चिकित्सा सेवाबाट १ सय ३६ महीलाले सुरक्षित सुत्केरी सेवा पाएका छन् ।
त्यसैगरी, ५ वटा एमभीए (म्यानुअल भ्याकुम एस्पिरेशन), ६ वटा एक्टोपिक गर्भसम्बन्धी शल्यक्रिया तथा १ वटा मोलार गर्भसम्बन्धी शल्यक्रिया सम्पन्न गरिएको छ।
प्रतिष्ठानले विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीमार्फत प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा निरन्तर प्रदान गर्दै आएको जनाएको छ। जटिल प्रकृतिका बिरामीलाई समेत प्रभावकारी उपचार सेवा उपलब्ध गराउँदै आएको प्रतिष्ठानले जनाएको छ।
यसै गरेर जेठ महिनामा प्रसूति सेवाबाट २ हजार ३ सय ५८ जना महिलाले ओपिडी सेवा र ५२ जनाको भर्ना गरेर उपचार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय सदस्य चयनका लागि राति साढे ८ बजेदेखि मतदान
-
ललितपुरमा सम्पदा क्षेत्रमा ई–शटल बसदेखि फोहोर व्यवस्थापनमा प्रविधिसम्मको बजेट
-
के घानाले इङ्ल्यान्डमाथि कालाजादु गरेको थियो ?
-
यी हुन् ‘मिस नेपाल २०२६’ मा भिड्ने २४ प्रतियोगी
-
ललितपुरको बजेट : कुन क्षेत्रमा कति ? (पूर्णपाठ)
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण