भारतीय दूतावासद्वारा इरानको यात्रा नगर्न चेतावनी जारी
तेहरान । पश्चिम एसियामा व्याप्त तनाव नियन्त्रण गर्न जारी कूटनीतिक प्रयासको बीचमा, इरानस्थित भारतीय दूतावासले सुरक्षा चिन्ताको कारण देखाउँदै बुधबार भारतीय नागरिकलाई इरानको यात्रा नगर्न चेतावनी दिएको छ ।
औपचारिक जारी गरिएको सुरक्षा सुझावमा, दूतावासले तेहरानमा विद्यमान सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएको छ । पछिल्लो समयमा सकारात्मक घटनाक्रम र समग्र स्थितिमा भएको सुधारउन्मुख अवस्थामा पनि दूतावासले इरान यात्रा गर्ने विचार गरिरहेका भारतीय नागरिकहरूका लागि संशोधित सुझाव जारी गरेको जनाइएको छ ।
हालैका सुधारहरूका बावजुद, पनि अर्को सूचना नआए सम्म भारतीय नागरिकहरूलाई इरानको यात्रा नगर्न सल्लाह दिएको दूतावासले समाजिक सञ्जाल एक्स मार्फत जनाएको हो । दूतावासले यसअघि नै इरानमा रहेका भारतीय नागरिकहरू, लगायत अत्यावश्यक कामका लागि इरानको यात्रा गर्नेहरूलाई उच्च स्तरको सतर्कता, सावधानी र परिस्थितिजन्य सुरक्षा कायम राखी यात्रा गर्न आग्रह गरेको थियो ।
दूतावासले जारी गरेको विश्वसनीय सूचना स्रोतहरू पालना गर्नुका साथै स्थानीय अधिकारीहरूको निर्देशनहरूको पालना गर्नुपर्ने जनाइएको छ । उनीहरूलाई सूचनाको विश्वसनीय स्रोतमार्फत स्थानीय घटनाक्रमलाई नजिकबाट निगरानी गर्न र स्थानीय अधिकारीहरूले जारी गरेका सबै निर्देशनहरूको पालना गर्न सल्लाह दिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दूतावासले इरानमा रहेका सबै भारतीय नागरिकहरूलाई सकेसम्म चाँडो आफ्नो विवरण दर्ता गर्न र दूतावासको आधिकारिक वेबसाइट मार्फत जारी गरिएका सुचनाहरुबाट सूचित रहन कडा निर्देशन दिएको छ ।
दूतावासले आपतकालीन सहायताका लागि मोबाइल नम्बर, हेल्पलाइन नम्बरहरू र इमेल ठेगाना समेत प्रदान गरेको छ । हाल इरानमा रहेका सबै भारतीय नागरिकहरू र तल्काल इरान आइपुगेकाहरूलाई जति सक्दो छिटो भारतीय दूतावास तेहरानमा आफ्नो विवरण दर्ता गर्न कडा निर्देशन दिइएको छ । उनीहरूलाई दूतावासको आधिकारिक वेबसाइट र सामाजिक सञ्जाल एक्स मार्फत नियमित रूपमा निगरानी गर्न सल्लाह दिएको छ ।
अमेरिका र इरान बिचमा लामो युद्ध अन्त्य गर्ने उद्देश्यले भएको एमओयू सम्झौताको पहिलो चरणको रूपमा प्राविधिक वार्ताको प्रारम्भिक चरणको समापन भए पछि, दुबै पक्षले उच्च–स्तरीय समिति र ६० दिन भित्र अन्तिम सम्झौताको लागि मार्गदर्शन तय गर्न सहमत भएका छन् ।
निरन्तरको कूटनीतिक प्रयासहरूको बावजुद अन्तर्राष्ट्रिय प्रमाणिकरण पहुँच स्ट्रेट अफ होर्मुजको दीर्घकालीन समुद्री प्रशासन, र इरानी वित्तीय भण्डारको विषयलाई लिएर एक– अर्काबीच आधारभूत असहमतिहरू भने अझै जारी रहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण