३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
सारांश
- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
- यसपटकको सदस्यता वितरणमा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।
- तोकिएका प्रतिनिधिले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा रहेर सदस्यता वितरणको समन्वय र सहजीकरण गर्नेछन्।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशनलाई लक्षित गर्दै नयाँ क्रियाशील सदस्यता वितरणका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ। कांग्रेसले यसपटकको सदस्यता वितरणमा विशेषगरी ३५ वर्षमुनिका युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखेको छ।
कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णयअनुसार अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउन प्रतिनिधि तोकिएको हो।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका प्रतिनिधिले असार ७ गतेदेखि २० गतेसम्म सम्बन्धित जिल्लामा रहेर काम गर्ने जानकारी दिएका छन्। प्रतिनिधिले जिल्लामा उपस्थित भई सदस्यता वितरणको समन्वय र सहजीकरण गर्नेछन्।
कार्यवाहक मुख्यसचिव दुलालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियामा विशेषगरी ३५ वर्षमुनिका युवाहरूको अधिकतम प्रतिनिधित्व सुनिश्चित गर्ने हाम्रो उद्देश्य छ।’
- कुन जिल्लामा को खटिए ?
कांग्रेसले बागमती प्रदेशअन्तर्गत काठमाडौंमा पार्टीका सहमहामन्त्री उदयशमशेर राणालाई खटाएको छ। यसैगरी ललितपुरमा मनोजमणि आचार्य, भक्तपुरमा राजेन्द्रकुमार केसी, रसुवामा ईश्वर अधिकारी, नुवाकोटमा वंशलाल तामाङ, धादिङमा सुशील भट्ट, चितवनमा डा. केदारनरसिंह केसी, मकवानपुरमा बद्रीप्रसाद अर्याल, काभ्रेमा शिव सुनार, सिन्धुपाल्चोकमा इच्छु राना, सिन्धुलीमा डा. मुकेश काफ्ले, रामेछापमा सीता मिजार र दोलखामा ओम घर्तीमगर खटिएका छन्।
कोशी प्रदेशको ताप्लेजुङमा हिमालय कर्माचार्य, पाँचथरमा उमा शिवाकोटी, इलाममा यदु विष्ट, झापामा राजीव कोइराला, मोरङमा सुधीरकुमार शिवाकोटी, सुनसरीमा कुमार लुइँटेल, धनकुटामा नगेन्द्र कुमाल, उदयपुरमा दिनेशकुमार यादव, भोजपुरमा दीपनकुमार श्रेष्ठ, तेह्रथुममा मेदिनीप्रसाद सिटौला, संखुवासभामा रुद्र कन्दङ्वा, सोलुखुम्बुमा लक्ष्मी परियार, खोटाङमा दीपक अधिकारी र ओखलढुंगामा आङ्गेलु शेर्पालाई खटाइएको छ।
मधेश प्रदेशको सप्तरीमा रामपल्टन साह, सिरहामा रामकुमार यादव, धनुषामा सुवासकुमार पोख्रेल, महोत्तरीमा शम्भुलाल श्रेष्ठ, सर्लाहीमा अनिलकुमार झा, रौतहटमा प्रमोदहरि गुरागाईं, बारामा मथुराप्रसाद घिमिरे र पर्सामा उज्ज्वलप्रसाद बराल प्रतिनिधि तोकिएका छन्।
गण्डकी प्रदेशअन्तर्गत गोरखामा तिलक रानाभाट, लमजुङमा कृष्णबहादुर केसी, तनहुँमा कुसुमदेवी थापामगर, मनाङमा मनकुमारी गुरुङ, मुस्ताङमा जगदीश उपाध्याय, म्याग्दीमा छन्दबहादुर पहराई, बागलुङमा जितनारायण श्रेष्ठ, पर्वतमा रेशमबहादुर बानियाँ, कास्कीमा विष्णुदेवी पाण्डे, स्याङ्जामा दीपक भट्टराई र नवलपुरमा डा. गोपाल दहितलाई जिम्मेवारी दिइएको छ।
लुम्बिनी प्रदेशको रुकुम (पूर्व) मा भीम श्रीष, रोल्पामा किरणकिशोर घिमिरे, प्युठानमा टेकराज पौडेल, दाङमा राधेश्याम पाठक, बाँकेमा महेन्द्र शर्मा, बर्दियामा सुरेन्द्रप्रसाद चौधरी, अर्घाखाँचीमा राजेन्द्रगोपाल सिंह, गुल्मीमा हरि आचार्य, पाल्पामा मुना भुसाल, रुपन्देहीमा नारायणप्रसाद भट्टराई, कपिलवस्तुमा प्रदीपराज शर्मा र परासीमा केशवप्रसाद निरौला खटिएका छन्।
कर्णाली प्रदेशअन्तर्गत हुम्लामा सूर्यबहादुर विक, जुम्लामा तपेन खड्का, मुगुमा युवराज पाण्डे, कालिकोटमा कमलराज रेग्मी, डोल्पामा बलदेव तिमिल्सिना, दैलेखमा तीर्थजंग शाही, सुर्खेतमा लेखनाथ पोख्रेल, सल्यानमा केशवराज आचार्य, जाजरकोटमा छाया सुनार र रुकुम पश्चिममा नारायण कोइरालालाई प्रतिनिधि तोकिएको छ।
यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा जगतप्रसाद जोशी, बझाङमा विजयबहादुर स्वार, बाजुरामा गणेशराज भट्ट, डोटीमा हिमबहादुर रावल, डडेल्धुरामा सम्झना खत्री, दार्चुलामा सन्तोषी साउद ऐरी, बैतडीमा सुशीला मिश्र भट्ट, कञ्चनपुरमा दिलेन्द्रप्रसाद बडू र कैलालीमा मधु आचार्य खटिएका छन्।




खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको केन्द्रीय सदस्य चयनका लागि राति साढे ८ बजेदेखि मतदान
-
ललितपुरमा सम्पदा क्षेत्रमा ई–शटल बसदेखि फोहोर व्यवस्थापनमा प्रविधिसम्मको बजेट
-
के घानाले इङ्ल्यान्डमाथि कालाजादु गरेको थियो ?
-
यी हुन् ‘मिस नेपाल २०२६’ मा भिड्ने २४ प्रतियोगी
-
ललितपुरको बजेट : कुन क्षेत्रमा कति ? (पूर्णपाठ)
-
युरोपियन मोडलमा रास्वपा : के हो रवि लामिछानेले भनेको ‘सामाजिक लोकतन्त्र’ को पद्धति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण