ललितपुरमा कृषकलाई बहाल कर छुट
बुधबार, १० असार २०८३, १६ : ३४
सारांश
- ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न शीर्षकमा कर छुटको व्यवस्था घोषणा गरेको छ ।
- आगामी असोज मसान्तभित्र सम्पत्ति कर र भूमि कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिइनेछ ।
- नर्सरी, फलफूल र तरकारी खेती गर्ने कृषकलाई जग्गा बहाल करमा छुट दिइनेछ ।
ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि करदाताहरूलाई विभिन्न शीर्षकमा कर छुटको व्यवस्था घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै मञ्जली शाक्य बज्राचार्यले विभिन्न कर छुट दिने घोषणा गरेकी हुन् ।
महानगरको घोषणा अनुसार आगामी असोज मसान्तभित्र सम्पत्ति कर र भूमि कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिइनेछ । एकल महिला, दलित र अपाङ्गता भएका व्यक्ति वा समूहद्वारा सञ्चालित व्यवसाय दर्तामा ५० प्रतिशत छुट दिने व्यवस्थालाई निरन्तरता दिइएको छ ।
कृषि क्षेत्रलाई प्रोत्साहन गर्न नर्सरी, फलफूल र तरकारी खेती गर्ने कृषकलाई जग्गा बहाल करमा छुट दिइनेछ भने निजी क्षेत्रले सार्वजनिक सुविधाका लागि पार्किङ भवन निर्माण गरेमा नक्सा पास दस्तुरमा छुट दिइने नीति बजेटले लिएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार
-
डा. गोविन्द केसीले दिए अनसन बस्ने चेतावनी
-
रास्वपाको केन्द्रीय समिति निर्वाचन राति साढे १० बजेदेखि हुने
-
१० बजे १० समाचार : रास्वपाको युरोपियन मोडल, संवैधानिक परिषद् अध्यादेश विवादमा पूर्णविराम
-
सल्यानका ८ स्थानीय तहले ल्याए बजेट
-
दैलेखका १० स्थानीय तहले ल्याए ६ अर्ब २८ लाखकाे बजेट, आठबीसले ल्याएन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण