बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय
फिफा विश्वकप २०२६

चेक गणतन्त्रविरुद्ध मेक्सिकोको अग्रता, चाभेजको गोल

बिहीबार, ११ असार २०८३, ०८ : ०६
बिहीबार, ११ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'ए' को खेलमा मेक्सिकोले चेक गणतन्त्रविरुद्ध १-० को अग्रता बनाएको छ।
  • मेक्सिकोका मातेओ चाभेजले खेलको ५५औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका हुन्।
  • समूह विजेता बनिसकेको मेक्सिको तेस्रो जितको लक्ष्यमा छ भने चेक गणतन्त्र नकआउट चरणको आशा कायम राख्न दबाबमा छ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को खेलमा मेक्सिकोले चेक गणतन्त्रविरुद्ध १–० को अग्रता बनाएको छ।

मेक्सिको सिटी स्टेडियममा जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफको ५५औँ मिनेटमा मातेओ चाभेजले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाएका हुन्। लुइस रोमोको पासमा चाभेजले चेक गणतन्त्रको पेनाल्टी क्षेत्रभित्रबाट उत्कृष्ट फिनिस गर्दै बललाई जाली चुमाएका थिए।

पहिलो हाफमा दुवै टोलीले गोल गर्न नसके पनि दोस्रो हाफ सुरु भएको केही समयमै मेक्सिकोले खेलमा अग्रता बनाएको हो।

समूह विजेता बनिसकेको मेक्सिको तेस्रो जितको लक्ष्यमा रहेको छ भने नकआउट चरणको आशा कायम राख्न संघर्षरत चेक गणतन्त्र दबाबमा परेको छ। खेल ६०औँ मिनेटसम्म पुग्दा मेक्सिको १–० ले अगाडि रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप